back
RBB

बस दुर्घटनामा एकको मृत्यु, ३७ घाइते

642 

shares

इलाम । इलामको कन्याम घुमेर फर्किने क्रममा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । बस खस्दा उछिट्एिर रुखमा अड्किएका बालकको मृत्यु भएको हो । बसमा सवार ३७ मध्ये १२ जना गम्भीर रहेको जनाइएको छ ।

मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिकाका १२ वर्षीय अर्पण लामा रहेका छन् । जनकपुरबाट शैक्षिक भ्रमणका लागि गएको ना ६ ख ८४२४ नम्बरको बस इलामको रोङ गाउँपालिका–३ स्थित लसुनेमा सडकबाट तीन सय मिटर जति तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले दुर्घटनामा एक बालकको मृत्यु भएको पुष्टि गरे ।

उनले दुर्घटनास्थलबाट ३२ जनाको प्रहरीले उद्धार गरेकोमा १२ जनाको अवस्था गम्भीर रहेको जानकारी दिए । बसमा सवारमध्ये धेरै विद्यार्थी थिए । बस सडकबाट तीन सय मिटर तल खोँचमा खसेका कारण बसमा सवार सबै घाइते भएको प्रहरीले जनाएको छ । बसबाट उछिट्टिएका केही यात्रुहरू रुखको हाँगामा समेत अड्किएका कारण उद्धारमा कठिनाइ भएको थियो ।

घाइते यात्रुहरूलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल पठाइएको प्रहरी उपरीक्षक जवेगुले जानकारी दिएका छन् । ‘घाइतेहरूमध्ये १२ जनाको अवस्था गम्भीर देखिन्छ, उपचारका लागि बिर्तामोड पठाइसकिएको छ,’ प्रहरी उपरीक्षक जवेगुले भने ।

 


प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

दुबइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी...

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो

चितवन । चितवनको भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)...

‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट पूर्व युवराज्ञी हिमानी शाह सम्मानित

‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट पूर्व युवराज्ञी हिमानी शाह सम्मानित

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ‘गुसी शान्ति पुरस्कार २०२३’...

संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन यूएईमा

संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन यूएईमा

दुबई । कोप–२८ आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा...

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

कैलाली । कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको...

काठमाडौँ महानगरले खुलायो जागिर

काठमाडौँ महानगरले खुलायो जागिर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि...