back
RBB

शङ्खध्वनि प्रतियोगिता हरिबोधिनी एकादशीमा

348 

shares

काठमाडौं । नुवाकोटको सामुदायिक रेडियो नुवाकोट एफएमले बुधबार प्रतियोगितात्मक शङ्खध्वनि आयोजना गर्ने भएको छ । हरिबोधिनी एकादशी २०८० का अवसरमा यही मङ्सिर ६ गते विदुर नगरपालिका–५ देवीघाटको चौतारामा आयोजना गर्न लागिएको प्रतियोगितामा करिब ६० जनाले सहभागिता जनाउने बताइएको छ ।

नेपाली मौलिक कला, धर्म र संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न प्रवद्र्धन गर्ने उद्देश्यले सनातनी हिन्दू धर्मका विभिन्न संस्कारमा नभई नहुने शङ्खको उपयोग, संरक्षण र सम्वद्र्धनार्थ पहिलो पटक बागमती प्रदेशस्तरीय शङ्खध्वनि प्रतियोगिता आयोजना गर्न लागिएको एफएमका स्टेसन म्यानेजर श्रीराम अधिकारीले जानकारी दिनुभयो ।

नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेशलगायतका मुलुकमा शङ्ख प्रयोग गरेको पाइन्छ । विभिन्न संस्कारमा शङ्ख नभई हुँदैन । शङ्ख दिनानुदिन लोप हुँदै गएकाले गर्न युवापुस्ता संरक्षणमा लाग्नुपर्ने संस्थाका अध्यक्ष शिवप्रसाद न्यौपानेले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई रु सात हजार, तृतीय हुनेलाई रु पाँच हजार तथा सान्त्वना पाउनेलाई रु तीन हजार तथा सम्पूर्ण सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सम्पूर्ण उमेर समूहका इच्छुक व्यक्तिले सहभागिता जनाउनसक्ने बताइएको छ ।

प्रतियोगिताका निर्णायकमा वरुण खतिवडा, मनोज सुवेदी र छेवाङ तेन्जिङ तामाङ रहनुहुनेछ । ‘कार्यक्रमका लागि कार्यक्रममात्र नभएर समाज रूपान्तरण तथा जनचेतनाका निमित्त कार्यक्रम’ भन्ने मूलमन्त्रलाई आत्मसात् गरी संस्थाले यो प्रतियोगिता आयोजना गर्न लागेको हो’, रेडियो पत्रकार अधिकारीले भन्नुभयो ।


प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

दुबइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी...

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो

चितवन । चितवनको भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)...

‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट पूर्व युवराज्ञी हिमानी शाह सम्मानित

‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट पूर्व युवराज्ञी हिमानी शाह सम्मानित

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ‘गुसी शान्ति पुरस्कार २०२३’...

संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन यूएईमा

संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन यूएईमा

दुबई । कोप–२८ आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा...

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

कैलाली । कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको...

काठमाडौँ महानगरले खुलायो जागिर

काठमाडौँ महानगरले खुलायो जागिर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि...