back
prabhu bank
sanima relaince life

मन्त्रिपरिषद् विस्तारमा सिके राउतको चरम असन्तुष्टि

930 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मन्त्रपरिषद विस्तारमा चरम असन्तुष्टिसहित आक्रोश प्रकट गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरेको भन्दै राउतले आक्रोश पोखेका छन् ।

बुधबार राति ट्वीटर ह्यान्डलमा उनले जनमत पार्टीलाई मात्र नभइ जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाएको उल्लेख गरेका छन् । कुरा केवल जनमत पार्टीको होइन, जसपा, लोसपा र जनमत, नाउपा सबैलाई पाखा लगाउँदै शासक वर्गले बुलडोज गरेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।

सत्ता साझेदारहरुलाई चरम नश्लवादीको संज्ञा दिँदै मधेशले यसको प्रतिकार गर्ने राउतले चेतावनी दिएका छन् । ‘चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, यो देश तिम्रो होइन भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढेÞका हुन् । मधेशले यसको प्रतिकार गर्नेछ,’ उनको ट्वीटर ह्याण्डलमा उल्लेख छ ।

शुरुदेखि सरकार गठनमा सक्रिय रहेका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० लाई सरकार भन्दा बाहिर राखिएको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीले शुरुमै एक जना मन्त्री सरकारमा पठाइसकेको छ । सो पार्टीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति थियो । तर अहिले खानेपानी मन्त्रालय दिइएको छ । मन्त्रालयमा चित्त नबुझेर अब्दुल खान मंगलबार शपथका साथै मन्त्रालयमा समेत गएनन् । मन्त्रिमण्डल विस्तारसँगै सत्ता साझेदार दलले मधेस केन्द्रीत दललाई महत्व नदिएको गुनासो हुन थालेको छ ।


ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा...

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनारले...

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान...

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान...