back
RBB

काखे छोरीको हत्या गरेर दोेस्रो विवाह गर्ने २२ वर्षीया निर्दयी आमा

240 

shares

काठमाडौं । स्याङजामा छ महिनाकी काखे छोरीको हत्या गरेर २२ वर्षीया आमाले दोेस्रो विवाह गरेकी छन् । तर, विवाहपछि रमाइलो गर्न नपाउँदै हत्या गरिएकी शिशुकी आमा र अर्का युुवक प्रहरी खोरमा पुगेका छन् ।

गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाल शिशु हत्याको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार उनीहरुले ती शिशुको हत्यापछि विवाह गर्ने र नयाँ जीवन बिताउने योजना बुनेको देखिन्छ ।

युवतीले गल्याङ नगरपालिका २ ईलुङ्गाका मीनबहादुर रानासँग विवाह गरेपछि बालिका जन्माएकी र साउन १० गते काखे छोरी च्यापेर हिंडेकी थिइन् । पछि खोजतलासको क्रममा उनले शिशुको हत्या गरेर केदार कुमालसँग नयाँ विवाह गरेको रहस्य खुलेको हो ।

त्यसको १० दिनपछि उनीहरुलाई गल्याङमा समातिएको छ । उनीहरुले भागेकै दिन राति अस्थायी चर्पीमा फालेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 


प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

दुबइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी...

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो

चितवन । चितवनको भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)...

‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट पूर्व युवराज्ञी हिमानी शाह सम्मानित

‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट पूर्व युवराज्ञी हिमानी शाह सम्मानित

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ‘गुसी शान्ति पुरस्कार २०२३’...

संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन यूएईमा

संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन यूएईमा

दुबई । कोप–२८ आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा...

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

कैलाली । कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको...

काठमाडौँ महानगरले खुलायो जागिर

काठमाडौँ महानगरले खुलायो जागिर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि...