back

मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् । उनले प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजारवटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् ।

‘उनले भने, मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु,’ ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन । यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने उद्देश्यले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्यो। केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ । यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ ।’

राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० वर्षमा एक हजारभन्दा बढी मिर्गौला प्रत्यारोपण गरिसकेको छ । अहिले दैनिक केन्द्रमा चारदेखि आठजनाको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । यस्तै, दैनिक डेढ सयभन्दा बढी डायलाइसिस हुने गरेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जनाएका छन् ।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...