पशुपतिमा टिकटक बनाउनेको मोबाइल जफत
432
sharesकाठमाडौं । आज साउने सोमबार साउनको चौथो सोमबार पनि पशुपतिनाथको मन्दिरमा महिला भक्तजनको बाक्लो भीड छ । मन्दिरको मूलढोकादेखि परिसमा महिलाहरु विभिन्न भाकामा टिकटक बनाउन व्यस्त देखिन्छन् ।
अरु दिन पनि मन्दिर जानेहरुमध्ये धेरैजसोको उद्देश्य फोटो खिच्ने, टिकटक बनाउने र सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रवृत्ति बढेपछि पशुपति क्षेत्र विकास कोषले फोटो र भिडियो खिच्न निषेध गरेको छ । दर्शनार्थी तथा तीर्थयात्रीहरूले अटेर गरी भिडियो वा फोटो खिचे त्यस्ता मोबाइल, स्मार्ट वाच तथा अन्य उपकरण जफत गरेर जरिवाना तिराउने चेतावनी दिइएको छ ।
कोषले फोटो वा भिडियो खिचेको थाहा भएमा जरिवाना शुल्क सम्बन्धित बैंकमा बुझाएपछि उक्त फोटो भिडियो हटाएर मात्रै दर्शनार्थी, तीर्थयात्रीहरूलाई सम्बन्धित उपकरण फिर्ता गराउने भएको छ । तर जरिवाना नतिर्नेको ती उपकरण नै जफत गर्ने निर्णय गरिएको हो ।
कोषले जारी गरेको सूचनामा भनिएको छ, ‘पशुपतिनाथ मन्दिर र मन्दिर परिसर समेतको फोटो खिच्न नपाइने सम्बन्धी सूचना नेपाली–अंग्रेजी भाषामा र सांकेतिक रुपमा समेत पर्याप्त मात्रामा मन्दिर परिसरमा सूचना टाँस गरिएको छ ।’
वि.सं.२०७९ साउन २३ सोमवार १७:०४