back

आर्थिक अनुशासनको पूर्ण रुपमा पालना गर्न प्राधिकरणलाई पर्यटनमन्त्रीको निर्देशन

आर्थिक अनुशासनको पूर्ण रुपमा पालना गर्न प्राधिकरणलाई पर्यटनमन्त्रीको निर्देशनकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक अनुशासनको पूर्ण रुपमा पालना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

आज ९शुक्रबार० प्राधिकरणबाट ब्रिफिङ लिने क्रममा मन्त्री किरातीले वित्तीय र आर्थिक अनुशासनको पूर्ण रुपमा पालना गर्न प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिए ।

प्राधिकरणमार्फत सञ्चालित विकास निर्माणका काम समयमै परिणाममुखी ढंगले सम्पन्न गर्न समेत उनले निर्देशन दिए । हवाई सुरक्षामा अधिकतम ध्यान दिन आग्रह गर्दै उनले नागरिकलाई प्रदान गरिने सेवा प्रति प्रतिबद्ध रहन समेत निर्देशन दिएका छन् । गुणस्तरीय एवम् चुस्त सेवा प्रवाहमा समेत ध्यान दिन प्राधिकरणलाई आग्रह गरेका छन् ।

सो अवसरमा प्राधिकरणले प्राधिकरणको जिम्मेवारी, आयोजना, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विमानस्थलहरुको अवस्था र हवाई सेवा तथा उडान सुरक्षाबारे जानकारी गराएको थियो ।


नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न...

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई...

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल...