back
ntc
global ime bank

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

768 

shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा
त्रिवेणी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पले असर पु¥याएको क्षेत्रमा खटिएका रुकुम पश्चिमका पत्रकारलाई सहयोग उपलब्ध गराएकी छिन् ।

रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा आज आयोजित कार्यक्रममा उनले पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मण केसीलाई भूकम्प पीडित क्षेत्रका ३० पत्रकारका लागि राहतस्वरुप ३० थान स्लिपिङ ब्याग र ३० थान ज्याकेट हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, उपाध्यक्ष उदय जीएमलगायतको उपस्थिति थियो ।

भूकम्पबाट पीडित व्यक्ति र भूकम्पले क्षति पु¥याएको स्थलमा समाचार सङ्कलन गर्दै आएका पत्रकारलाई चिसोको समयमा राहत पुगोस भनेर न्यानो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले जानकारी दिइन् । ती सामाग्री सम्बन्धित क्षेत्रमा खटिएका पत्रकारलाई आजै वितरण गरिएको पत्रकार महासङ्घका जिल्लाअध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।

चिसोको समयमा पत्रकारका लागि न्यानो कपडा उपलब्ध गराउनाका साथै जिल्लामै आएर मोफसलका पत्रकारलाई भेटघाट गरी हौसला बढाउँदा आफूहरुको मबनोबल बढेको उनको भनाइ थियो ।

हिजो सल्यान जिल्लाको विभिन्न ठाउँमा भूकम्पपीडितसँग भेटघाट गर्नुभएकी मन्त्री शर्मा आज रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडित क्षेत्रमा पुग्ने कार्यक्रम रहेको बताइएको छ।


प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहल । कालीगण्डकी नदीको तटमा...

अबुधाबीबाट पनि श्रम स्वीकृति

अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)बाट पनि श्रम...

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ...

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमाथि यातना...

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओमन प्रस्थान...

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

काठमाडौं । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, उपत्यका...