back
global ime bank
chandagiri nagarpalika

सोनाम ल्होसारको अवसरमा अध्यक्ष नेपालद्वारा शुभकामना व्यक्त

414 

shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सोनाम ल्होसारको अवसरमा अध्यक्ष नेपालद्वारा शुभकामना व्यक्त गरेका छन् । उनले परम्परागतरूपमा मनाइँदै आएका सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् ।

सोनाम ल्होछारको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रमा फरक विशेषता बोकेका पर्व संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्न सहयोग पुर्याउने बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले मुलुकमा बसोबास गर्ने सबै जातजातिका समुदायका मौलिक चाडपर्व तथा संस्कृति नेपालको विशेषता रहेको उल्लेख गर्दै बहुसंस्कृतिले सम्पन्न नेपाल र नेपालीको अन्तर्राष्ट्रिय तहमा गौरव बढाएको बताएका छन् ।

सोनाम ल्होछारका सन्दर्भमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको विज्ञप्तिमा बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व र संस्कृतिको संरक्षणमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।

हिमाल, पहाड र तराईका जनताको भावनालाई एकताबद्ध गर्न विविध संस्कृतिको महत्व रहेको यस्ता चाडपर्वले परम्परागत मौलिक संस्कृतिको जगेर्नाले एकआपसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुने गरी स्थापित गर्ने सन्देशमा उल्लेख गरिएको छ।


बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गतेको...

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

काठमाडौँ । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख...

माघमा कुन बैंकको कति ब्याजदर ?

माघमा कुन बैंकको कति ब्याजदर ?

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर...

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा...

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुस(युक्रेन युद्धमा फसेका...