back
prabhu bank
sanima relaince life

एमाले अध्यक्षद्वारा सोनाम ल्होछारको शुभकामना सन्देश प्रदान

510 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश प्रदान गरेका छन । उनले यस पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताएका हुन् ।

सोनाम ल्होछारको शुभकामना सन्देश दिँदै उनले विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वले मुलुकको राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिकका आधार रहेको उल्लेख गरेका छन् ।

संविधानले विविध भाषा तथा संस्कृति विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको भन्दै उनले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताए ।

अध्यक्ष ओलीले नेपाल सुन्दर देशको बहुसांस्कृतिक विशेषता मौलिक पूँजीको रुपमा रहेको उल्लेख गर्दै एकता र सहिष्णुताको विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताए । सन्देशमा उनले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रुपमा व्यवहारमा अनुदित गर्न चाहेको बताए ।

“हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुुशासनयुक्त, पछौटेपनयुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधा सम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रुतगतिमा अघि बढाउन चाहन्छौँ”, उनले सन्देशमा भनेका छन्, “समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकाङक्षालाई पूरा गर्न आआफ्नो ठाउँबाट योगदान गर्न सबैमा आग्रह गर्दछु ।”


सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले...

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र...

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमा लेखको...

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई...

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच एनपिएस–एनसिएस तथा...

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकको वित्तीय आवाश्यकतालाई थप...