back
adikar sampana bagmati
fikal gaupalika

कर्णाली प्रदेश अस्पतालबाटै मिर्गौला प्रत्यारोपण हुने

60 

shares

सुर्खेत। कर्णाली प्रदेश अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको अस्पतालले मिर्गौला प्रत्यारोपणको सेवा यही हप्ताबाट सुरू गर्ने भएको हो।

यसअघि माघ महिनादेखि मिर्गौला प्रत्यारोपणको लागि सम्झौता भएको र त्यसै अनुसार सेवा विस्तार गरिएको अस्पतालका निर्देशक प्रा डा डम्बर खड्काले जानकारी दिए। निर्देशक डा खड्काले आर्थिक वर्षमा मिर्गौला प्रत्यारोपण सेवा, क्याथ ल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने जस्ता लिएका लक्ष्य पुरा गरेका बताए। यस्तै, डाक्टर खड्काले आगामी तीन वर्षभित्र भवनको तला थपका लागि बहुवर्षे ठेक्का प्रक्रिया सुरु भएको, ५०० शैयाको अस्पताल सञ्चालन, बाल अस्पतालको निर्माण र सञ्चालन गर्ने योजना अस्पतालले लिएको बताए।

अस्पतालले सोमबार पत्रकार भेटघाट गर्दै अस्पतालले आर्थिक वर्ष २०७८÷०७९ र आर्थिक वर्ष २०७९÷०८० मा गरेको प्रगति विवरण समेत सार्वजनिक गरेको थियो। यस्तै, कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)का रुपमा स्तरोन्नतिका लागि छलफल समेत गरिसकेको छ। जसका लागि कर्णालीको सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न चालू आर्थिक वर्षमा बजेट विनियोजन समेत गरेको छ।

हाल २९७ शैयाको अस्पतालमा दैनिक औसत ४०५ बिरामी भर्ना हुने तथ्यांकक छ। सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडामा विसं २०१९ सालमा स्वास्थ्य केन्द्रको रुपमा स्थापना भई विसं २०२४ सालमा सुर्खेत उपत्यकामा स्थानान्तरण हुँदै विसं २०२९ सालमा १५ शैया, २०४९ सालमा २५ शैयाको जिल्ला अस्पतालका रुपमा स्तरोन्नति भएको थियो। त्यस्तै, विसं २०६२ फागुण ७ गते ५० शैयाको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालका रुपमा रुपान्तरण भएको थियो।


प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...