back
prabhu bank
sanima relaince life

पहिलो पटक सुकुम्वासीहरुको लगत संकलन टोलटोलमै हुँदै

600 

shares
prabhu bank
sanima relaince life

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको टोल टोलमै कर्मचारीहरु खटाएर लगत संकलन गर्ने कार्य थालेको छ । चन्द्रनगर गाउँपालिकाको वडा नं.२ बाट पहिलो पटक लागत संकलन कार्य शुरु गरेको हो ।

चनद्रनगरका ७ वटा वडा कार्यालयहरु रहेका छन् तिनका ३० वटा टोल रहेका छन् । स्थानीय तहहरु मध्ये चन्द्रनगरमा पहिलो पटक गाउँ टोलमै पुगेर भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन गर्ने कार्यको थालनी गरेको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताएका छन् ।

अध्यक्ष महतोले भूमिहीन सुकुम्वासीहरुलाई सजिलो होस् भनेर घुम्ती पालिकाले टोलटोलमा लगत संकल स्टल राखेको बताएका हुन् । सोमवार एक टोलबाट लगत संकलन थालिएकोमा मंगलवार भने ७ वटै वडाको टोलमा लगत संकलन टोली खटाइएको अध्यक्ष महतोले जानकारी दिए । वडा नं. २ मुसहरी टोलका भूमिहीन सुकुम्वासी अकली देवी माझीले टोल टोलमै लगत संकलन कार्य शुरु भएपछि आफुहरुलाई सजिलो भएको बताइन् ।

त्यस्तै मन्टु माझीले बाउ, बाजे भूमिहीन सुकुम्वासी भएकाले आफू पनि सुकुम्वासी भएको जनाइन् । माझीले गाउँपालिकाले लगत संकलन कार्य टोलमै गर्न थालेपछि आफूहरुले अब जग्गा पाउने आश जागेको बताइन् । राष्ट्रिय भूमि आयोग सर्लाहीले सर्लाहीको २० पालिका मध्ये ८ वटा पालिकामा काम धमाधम भइरहेको छ । अन्य ६ वटा पालिकाहरूमा लगत संकलन र जग्गा नाप्ने काम भइरहेको जनाइएको छ ।


ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा...

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनारले...

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान...

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान...