back
RBB

गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुग्यो : सिके राउत

192 

shares

काठमाडौँ। सत्तारुढ जनतम पार्टी अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत)ले प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखाएको बताएका छन् ।

नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको छ ।

सोही घटनालाई अध्यक्ष राउतले यस्तो बताएका हुन् । तारेक अल–तैयब मोहम्मद बौउजीजीको आत्महदाहले ल्याएको अरब क्रान्तिजस्तै नेपालमा क्रान्ति ल्याउने आशा गरेका उनले आफूहरुको राजनीतिमा भएको उदयले पनि केही आश जगाउन नसक्नु दुःखद भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्

आत्मदाह बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो। अझ हामी नयाँ पार्टी र पात्रहरूले समेत केही आश जगाउन नसक्नु दुःखद छ। हार्दिक श्रद्धाञ्जली


प्रहरीद्वारा गाँजाखेती नष्ट

प्रहरीद्वारा गाँजाखेती नष्ट

सर्लाही।सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा...

स्वर्ण पदक विजेता गुरुङलाई गाउँपालिकाको सम्मान

स्वर्ण पदक विजेता गुरुङलाई गाउँपालिकाको सम्मान

दमौली । काठमाडौंमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा...

सहज स्वास्थ्य सेवा प्रवाहका लागि ९२ हजार जनशक्ति आवश्यक : स्वास्थ्यमन्त्री

सहज स्वास्थ्य सेवा प्रवाहका लागि ९२ हजार जनशक्ति आवश्यक : स्वास्थ्यमन्त्री

धुलिखेल । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा...

फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति

फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति

फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा...

जीर्ण कारागारमा कैदीको भीड, नयाँ पक्की भवन रित्तै

जीर्ण कारागारमा कैदीको भीड, नयाँ पक्की भवन रित्तै

ओखलढुङ्गा । ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी...

बक्यौता रकम असुल नहुँदा खानेपानी संस्था सङ्कटमा

बक्यौता रकम असुल नहुँदा खानेपानी संस्था सङ्कटमा

महोत्तरी । महोत्तरीको बर्दिबास नगर क्षेत्रका छ हजार बढी...