back

नेपालका राजदूत ढकालद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ । स्पेनका लागि नेपालकी राजदूत तथा स्थायी प्रतिनिधि डा. शर्मिला पराजुली ढकालले संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठन युएनडब्लूटीओ० का महासचिव जुराब पोलोलिकासभिलीलाई संस्थाको मुख्यालयमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् ।

ओहोदा कार्यक्रमपछि राजदूत डा पराजुलीले युएनडब्लुटीओलाई नेपालको पूर्ण समर्थन रहेको बताउँदै विश्व पर्यटनलाई आकार दिन संस्थाले खेलेको महत्वपूर्ण भूमिकालाई प्रकाश पारिन ।

राजदूत डा। पराजुलीले नेपालमा सन् २०२३ को मार्च १५देखि १७ सम्म क्षेत्रीय प्राविधिक कार्यशाला आयोजना गरेकोमा महासचिवलाई धन्यवाद दिइन । साथै, महासचिव पोलोलिकासभिलीले नेपाल र युएनडब्लुटीओ बीचको विद्यमान सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरे ।

उनले नेपाललाई पर्यटन क्षेत्रका विभिन्न क्षेत्रमा युएनडब्लुटीओको निरन्तर सहयोग रहने आश्वासन पनि दिए । दुवै पक्षले नेपालको पर्यटन प्रवर्द्धन र प्रवद्र्धन गर्न, नेपाल र युएनडब्लुटीओबीच थप सम्भावित सहयोग क्षेत्रहरू पहिचान गर्ने विषयमा छलफल भएको थियो।


नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न...

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई...

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल...