back
RBB

वडा कार्यलयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

150 

shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि नौवटा वडा कार्यलयबाट राष्ट्रिय परिचयपत्र वनाउन विवरण सङ्कलन गर्ने भएको छ ।

यही माघ १५ गते आइतबारदेखि पहिलो चरणमा कामपाले २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट राष्ट्रिय परिचयपत्रको लागि काम सुरु गर्ने जनाइएको हो । सुरुमा नौ र क्रमशः ३२ सै वडाबाट उक्त सुविधा उपलब्ध गराउन कामपाले राष्ट्रिय पञ्जिकरण विभागसँग अन्तिम चरणको छलफल गरिसकेको प्रवक्ता नवीन मानन्धरले बताए ।

निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमानै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि कामपाले वडा कार्यालयबाट वितरणको तयारी थालेको हो । यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो ।

नागरिकको पहिचानलाई डिजिटल पहिचान गर्नु, जैविक पहिचानलाई एकीकृत गर्नु राष्ट्रिय परिचयपत्र बनाउनुको अवधारणा हो । सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, सामाजिक सुरक्षा, कर प्रणाली, राहदानीजस्ता सेवा यससँग आबद्ध हुने भएकाले सेवा वितरण र व्यवस्थापनमा यसबाट सहज हुन्छ ।

विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाण पत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण चाहिन्छ । नागरिकताको प्रमाणपत्रमा उल्लेखितभन्दा फरक स्थायी ठेगाना भएमा बसाइँसराइ दर्ताको प्रमाणपत्र सक्कलप्रति लैजानुपर्छ । नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले उक्त परिचयपत्र लिने सक्ने व्यवस्था छ ।


प्रहरीद्वारा गाँजाखेती नष्ट

प्रहरीद्वारा गाँजाखेती नष्ट

सर्लाही।सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा...

स्वर्ण पदक विजेता गुरुङलाई गाउँपालिकाको सम्मान

स्वर्ण पदक विजेता गुरुङलाई गाउँपालिकाको सम्मान

दमौली । काठमाडौंमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा...

सहज स्वास्थ्य सेवा प्रवाहका लागि ९२ हजार जनशक्ति आवश्यक : स्वास्थ्यमन्त्री

सहज स्वास्थ्य सेवा प्रवाहका लागि ९२ हजार जनशक्ति आवश्यक : स्वास्थ्यमन्त्री

धुलिखेल । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा...

फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति

फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति

फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा...

जीर्ण कारागारमा कैदीको भीड, नयाँ पक्की भवन रित्तै

जीर्ण कारागारमा कैदीको भीड, नयाँ पक्की भवन रित्तै

ओखलढुङ्गा । ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी...

बक्यौता रकम असुल नहुँदा खानेपानी संस्था सङ्कटमा

बक्यौता रकम असुल नहुँदा खानेपानी संस्था सङ्कटमा

महोत्तरी । महोत्तरीको बर्दिबास नगर क्षेत्रका छ हजार बढी...