back
parichaya patra
sanima relaiance life insurance

समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि – सभामुख घिमिरे

756 

shares

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताएका छन् ।

शहीद दिवसका अवसरमा सभामुख घिमिरेले नेपालमा लोकतन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने चार शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सो धारणा राखेका हुन् । “नेपाली जनताको अधिकार प्राप्तिको सङ्घर्षमा चार शहीदको योगदानको म उच्च प्रशंसा गर्न चाहन्छु”, घिमिरेले भनेका छन्, “उनीहरुकै कारण आज हामीले नागरिक स्वतन्त्रताको उपयोग गर्न पाएका छौँ ।”

घिमिरेले नेपालमा मूलतः राजनीतिक सङ्घर्षको समय सकिएर विकास र समृद्धिको समय आएको पनि सो सन्देशमा बताएका छन् । उनले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नसके मात्र शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गरेका छन् ।


सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन : प्रधानमन्त्री

सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बूढानीलकण्ठमा निर्माण गरिएको...

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

काठमाडौं । ‘मिस विभा २०२४’को ताज प्रेमा लामगाढेले पहिरेकी...

धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गरौं : उपराष्ट्रपति

धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गरौं : उपराष्ट्रपति

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मभन्दा...

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

बागलुङ । बागलुङको बुर्तिबाङमा शनिबार घर भत्काउने क्रममा च्यापिएर...

शान्ति प्रक्रियालाई सुव्यवस्थित हुन नदिने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ओली

शान्ति प्रक्रियालाई सुव्यवस्थित हुन नदिने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनविरोधी शक्ति संविधानविरुद्ध...

श्रमिक टाइम्सको छैठौं वार्षिकोत्सवमा पत्रकार अधिकारी सम्मानित

श्रमिक टाइम्सको छैठौं वार्षिकोत्सवमा पत्रकार अधिकारी सम्मानित

काठमाडौं। श्रमीक टाइम्स पत्रिका र श्रमिक टाइम्स अनलाइनको छैठौ...