back
sanima relaince life

सुकुम्बासी हटाउन बालेन्द्र पुगे प्रचण्डको शरणमा

720 

shares
sanima relaince life

काठमाडौं । काठमाडौैं महानगरपालिकाका मेयरबालेन्द्र साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सुकुम्बासी हटाउन सहयोग गर्न आग्रह गरेका छन् । साहले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटी वाग्मती करिडोरमा रहेका सुकुम्वासी हटाउन सहयोग गर्न आग्रह गरेका हुन् ।

मेयर साहका स्वकीय सचिव भुपदेव साहका अनुसार प्रधानमन्त्री यस विषयमा सकारात्मक छन् । यसअघि थापाथलीमा रहेका सुकुम्वासी हटाउन महानगरले गरेको प्रयास असफल भएको थियो ।

सुकुम्वासी हटाउन पुगेका महानगरका सुरक्षाकर्मीमाथि त्यहाँ रहेका स्थानीय आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो ।

त्यसलगत्तै सहयोग माग्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मेयर बालेन्द्र पुगेका थिए ।

तर देउवाले सुकुम्वासी समस्या दबाबले समाधान गर्न नसकिने भन्दै सरकारको समन्वयबिना किन हटाउने प्रयास गरेको भन्दै प्रश्न गरेका थिए ।

मेयर साहले यसअघि पनि गृह मन्त्रालयसँग सहयोग मागेका थिए । गृहले स्थायी समस्या समाधानको प्रयास गर्नुपर्ने भएकाले बल प्रयोग गरेर हटाउन नहुने सुझाव दिएको थियो ।


गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

मुगु । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित...

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश...