back
ntc
global ime bank

मुनव्वर फारुकी बने ‘बिग बोस–१७’ को विजेता

1.2K 

shares

मुम्बई । विवादास्पद रियालिटी शो ‘बिग बोस १७’को उपाधि मुनव्वर फारुकीले जितेका छन् । ‘लकअप सिजन १’ पछि मुनव्वरले यो अर्को ठूलो उपाधि जितेका हुन् । ‘बिग बोस १७’ को उत्कृष्ट पाँचमा अंकिता लोखण्डे, मुनव्वर फारुकी, अभिषेक कुमार, मन्नारा चोपडा र अरुण माशेट्टी पुगेका थिए । तर फिनालेमा एक–एक प्रतियोगी शोबाट बाहिरिएपछि अन्तिममा अभिषेक कुमार र मुनव्वर मात्र थिए ।

मुनव्वरले एक ट्रफीसँगै ५० लाख रुपैंयाँ र हुण्डाईको क्रेटा कार पाएका छन् । उनको जितसँगै सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको ओइरो लागेको छ । ट्वीटरमा लगातार मुनव्वरको नाम ट्रेन्डिङ भइरहेको छ । मुनव्वर प्रख्यात स्टेण्डअप कमेडियन हुन् । उनी आफ्नो शायरीले दर्शकको मन जित्दै आएका छन् । उनको स्टेण्डअप कमेडीलाई दर्शकले यति धेरै मन पराउँछन् कि उनका हरेक शो हाउस फूल हुन्छन् ।

मुनव्वर ‘बिग बोस १७’ अघि कंगना रनावतको शो ‘लकअप सिजन १’मा देखिएका थिए । उनका हरेक खेल दर्शकले मनपराएका थिए । यो शो पनि उनले जितेपछि उनको लोकप्रियता थप बढेको थियो । त्यसो त उनी विवादमा आइरहने कमेडियन पनि हुन् ।

परिवारको आर्थिक अवस्था कमजोर भएपछि मुनव्वरले परिवार पाल्नकै लागि समोसा बेच्ने काम गरे । इन्दोरका उनले सन् २००७ मा मुम्बई आएपछि भाडाको दोकानमा काम गरे । यो काम गर्दा उनले ६० रुपैंयाँ मात्र ज्याला पाउँथे । यस बाहेक उनले ग्राफिक डिजाइनरको पनि काम गरे । सन् २०१७ मा ओटिटी प्लेटफर्म आएपछि उनलाई कमेडी शोको बारेमा थाहा भयो । त्यसपछि उनले ‘दोध दह्यो’ नाम कमेडी शो चलाए । यो शो यति लोकप्रिय भयो कि त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन ।


प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहल । कालीगण्डकी नदीको तटमा...

अबुधाबीबाट पनि श्रम स्वीकृति

अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)बाट पनि श्रम...

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ...

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमाथि यातना...

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओमन प्रस्थान...

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

काठमाडौं । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, उपत्यका...