back
adikar sampana bagmati
fikal gaupalika

प्रेस युनियन प्रदेश अध्यक्षमा मीनकुमार नवोदित

168 

shares

काठमाडौं । नेपाल प्रेस युनियन प्रदेश नं १ को सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित भएका छन् ।

नवोदितको अध्यक्षतामा सर्वसम्मत निर्वाचित २८ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला (झापा), महिला उपाध्यक्ष जयन्तीकला तामाङ (उदयपुर), समावेशी उपाध्यक्ष शारदा तामाङ (भोजपुर), महासचिव सञ्जीव वाग्ले (सुनसरी), सचिव सरोज निरौला (उदयपुर), महिला सचिव सरला रेग्मी (पाँचथर), समावेशी सचिव विनय वाराकोटी (सुनसरी) र कोषाध्यक्षमा कविराज घिमिरे (धनकुटा) निर्वाचित भएका छन् ।

सदस्यमा चुमन बस्नेत, दिनेश गिरी, निरोज कोइराला, नरेन्द्र राई, विनु खड्का, प्रकाश पास्तावा, शिखरजङ्ग श्रेष्ठ, दीपक काफ्ले, निशा दाहाल, रविना सुवेदी, सङ्गीता सुहाङ, कल्पना कडरिया, हिमांशु राय, सुजन बज्राचार्य, ईश्वर चर्मकार, भास्कर चौधरी, आशिष यादव, मिलन राई, खेमराज बराल र जीवन फुयाँल चयन भएका छन् ।

यस्तै लेखा समिति संयोजकमा लक्ष्मी गौतम, सदस्यमा करुणा बस्नेत र पदमसुन्दर लामिछाने निर्वाचित हुनुभएको छ । निर्वाचित अध्यक्ष नवोदितलगायत पदाधिकारीलाई युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, उपमहासचिव अभयकुमार राई लगायतले बधाई तथा शुभकामना दिएका थिए ।


स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गृह जिल्ला...

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...