back
sanima relaince life

दशरथचन्द नगरपालिकाले खेलाडीलाई भत्ता दिने

732 

shares
sanima relaince life

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकाले स्थानीय महिला खेलाडीलाई भत्ता दिँदै आएको छ । नगरपालिकामा जारी नगरस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई भत्ता दिइरहेको हो ।

प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा खाजा खर्चस्वरुप जनही एक सय ५० का दरले नगद दिने गरिएको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए ।

नगरपालिकाले पहिलोपटक खेलाडीको हौसला र सम्मानस्वरुप प्रत्येक खेलमा खाजास्वरुप भत्ताको व्यवस्था गरेको हो । नगरपालिकाले खाजा खर्चस्वरुप भत्ताको व्यवस्था गरेपछि खेलाडीहरु पनि खुसी भएका छन् ।

खेलाडीको सम्मानस्वरुप भत्ता व्यवस्था गर्दा निकै खुसी लागेको दनपा–२ देहिमाडौँका खेलाडी पिङ्की बोहराले बताए । खाजा खर्चवापत दिँदै आएको भत्ताले आफूहरुलाई खेलमा हौसला मिलेको र उक्त रकमले आफूले चाहेअनुसारको खाजा खान पनि सहज भएको बोहराको भनाइ छ ।

दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको प्रतियोगिता मङ्गलबार सम्पन्न हुँदैछ । शहीद दिवसका अवसरमा शहीद दशरथचन्दको जन्मनगरमा आयोजित प्रतियोगितामा सात टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

यस्तै प्रतियोगितामा ‘ओमेन अफ द सिरिज’लाई तीन हजार, ‘बेष्ट बलर’ र ‘बेष्ट ब्याट्स ओमेन’लाई १५÷१५ सय, अनुशासित टोलीलाई तीन हजार र ‘ओमेन अफ म्याच’लाई ट्रफी प्रमाणपत्र दिइने जनाइएको छ ।

समापन समारोहमा नगरपालिकाभित्रका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिने जनाएको छ ।

यसअघि नगरपालिकाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरेको थियो । खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलाहरुको क्रिकेट खेलतर्फ रुचि बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको नगरपालिकाका प्रमुख पुष्करराज जोशी लख्खाभाइले बताए ।
निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्दको भनाइ छ ।


गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

मुगु । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित...

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश...