back

पवित्र तीर्थस्थल पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाउनुपर्छ : मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाउनुपर्नेमा जोड दिएका छन ।

पशुपति क्षेत्र विकास कोषका गतिविधिका बारेमा जानकारी लिन पुगेका मन्त्री किरातीले आज आयोजित कार्यक्रममा बाहिर हुने गरेका नकारात्मक टीकाटिप्पणी अन्त्य गरिनुपर्ने बताए। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कोषका गतिविधि चलायमान हुनुपर्ने उनको भनाइ थियो ।

“कोषले राज्यसँग लिनेमात्र भन्दा पनि विश्वविद्यालय, अस्पतालजस्ता सेवामूलक सेवा दिनुपर्छ, भगवान्को नामबाट सञ्चालन हुने यहाँका गतिविधि पारदर्शी हुनुपर्छ, पशुपति क्षेत्रमा रात्रिकालीन सफाइ सेवा पनि सञ्चालनमा ल्याएर सुधारको थालनी गरिनुपर्छ”, मन्त्री किरातीले भने।

पशुपति क्षेत्रमा सञ्चालनमा रहेका फूलप्रसाद पसलमा अनियमितता भइरहेको, बढी मूल्य तोकिने गरेको, घाट सेवामा अनियमितता हुने गरेकोलगायत गुनासा बढेकाले त्यसको समाधान गरिनुपर्ने उनको निर्देशन थियो ।

 


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...