back
ntc
global ime bank

पार्टी भन्दा माथि उठेर स्थानीय विकासको लागि क्रियाशील हुनेछु : स्वास्थ्य मन्त्री बस्नेत

786 

shares

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पार्टी भन्दा माथि उठेर स्थानीय विकासको लागि क्रियाशील हुने बताएका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं.७ याङ्लाकोटमा आज सोमबार आयोजित याङ्लाकोट बृहत् २८६० ओैं डुक सोनाम ल्होसार कार्यक्रममा मन्तव्य राख्नु हुँदै मन्त्री बस्नेतले जनताको मतबाट निर्वाचित भएपछि विकासका लागि क्रियाशील हुन सक्ने बुद्धि, विवेक र क्षमता पनि हुनुपर्ने भन्दै यहाँको स्थानीय विकासका लागि साझा हीतको भावना लिएर काम गर्ने बताएका हुन् ।

म यहाँको पार्टी भन्दा माथि उठेर स्थानीय विकासको लागि क्रियाशील हुनेछु । जनप्रतिनिधिले आफू लाभ लिने हैन, जनताको समस्या समाधान गर्ने हो, पदमा हुँदा या नहुँदा मैले विकास निर्माणका काम गरेको छु। विकास गर्छ भनेर अत्याधिक मत दिनु भयो, गठबन्धन भएकोले माओवादी र समाजवादीले पनि मत दिनु भयो, एमालेका पनि धेरैले मत दिए । त्यो विश्वासलाई मैले कायम गर्नुपर्छ ।ू मन्त्री बस्नेतले भने ।

उनले नेताहरुको भजन गाउने भन्दा पनि जनताको भावना बोल्ने काम स्थानीय कार्यकर्ताले थाल्नु पर्ने बताउदै आफू काँग्रेसबाट जितेको जनप्रतिनिधि भएपनि कांग्रेसका मात्रै नभई सही कुरा र विकास निर्माणका कुरा सबै पार्टीका कार्यकर्ताहरुको कुरा सुन्छु भन्ने धारणा राखे ।

स्वास्थ्य क्षेत्रका गर्नुपर्ने सबै काम गर्छु भन्दै मन्त्री बस्नेतले याङ्लाकोटमा बर्थिङ्ग सेन्टरको ब्यवस्था यथाशीघ्र गर्ने बताउनु भयो ।उहाँले अहिलेसम्म जलविरे, कुविन्डे भेगमा पर्याप्त विकास नहुनु, प्रदेशका योजना पर्न नसक्नु दुखद कुरा भएको बताए ।

बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले चाड पर्वले आपसी सम्बन्ध सुमधुर बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले राजनीतिक पार्टीको झण्डा र चिन्ह लिएर चुनाव लडेको भएपनि जनप्रतिनिधिहरुले ध्यान दिएर जनताको काम गर्नुपर्छ भन्ने धारणा राखे । जनताको विश्व र सहयोगका कारण चुनाव जितेको हो भन्दै जनताको दुस्ख, पीडा र मर्मलाई भुल्नु नहुनेमा उनले जोड दिए ।


प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहल । कालीगण्डकी नदीको तटमा...

अबुधाबीबाट पनि श्रम स्वीकृति

अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)बाट पनि श्रम...

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ...

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमाथि यातना...

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओमन प्रस्थान...

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

काठमाडौं । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, उपत्यका...