back
chandagiri nagarpalika

ग्लोबल आईएमडीबीको ५० औं नम्बरमा ‘१२ वी फेल’

888 

shares

काठमाडौं।भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा छ । थिएटरमा सुपरहिट भएको यो फिल्मले ओटीटीमा दर्शकको उत्तिकै मन जितिरहेको छ । अब यो फिल्मले ग्लोबल आईएमडीबीको उत्कृष्ट २५० को सूचीमा आफूलाई सूचीकृत गरेको छ । यो फिल्म ५० औं नम्बरमा छ ।

यो सूचीमा ‘ओपेनहाइमर’, ‘स्पाइडरमेनः एक्रस द स्पाइडर वर्स’, ‘ग्लेडिएटर’, ‘द लायन किंग’, ‘टॉय स्टोरी’ जस्ता हलिउड फिल्म छन् । केवल २० करोडमा निर्माण भएको यो फिल्मले ६६ दशमलब ५५ करोड कमाई गरेर सुपरहिट साबित भएको थियो । फिल्मको कथा र कलाकारको अभिनयले जोकोही दर्शक प्रभावित भएका थिए । निर्देशकको निर्माण कम्पनीले सामाजिक सञ्जालमार्फत ‘१२ वी फेल’ को सफलताको खुशी बाँडेका छन् ।

‘१२ वी फेल’ ती लाखौं विद्यार्थीको संघर्ष र मेहनतको कथा हो, जो यूपीएससीको परीक्षामा सारा सपना लिएर बस्छन् । यो फिल्मको कथा चम्बलमा बस्ने आईपीएस अफिसर मनोज शर्माको सत्यकथा हो, जो गाउँमा हुर्कन्छन्, बढ्छन् र केही कारणले उनी १२ मा फेल हुन्छन् । अचानक उनको जीवनमा एक यस्तो ‘यूटर्न’ आउँछ, र उनी आईपीएस बन्ने सपना देख्छन् । यसपछि निकै लामो संघर्ष पछि उनले यो सफलता पाउँछन् ।


काठमाडौंलाई सुदुरपश्चिमद्वारा १६८ रनको लक्ष्य प्रस्तुत

काठमाडौंलाई सुदुरपश्चिमद्वारा १६८ रनको लक्ष्य प्रस्तुत

गणेश शर्मा काठमाडौं, मंसिर २० । नेपाल प्रीमियर लिग...

पूर्व उपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

पूर्व उपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई नेकपा माओवादी केन्द्रले...

महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले महिला बिरुद्ध हुने सबै...

नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ : मन्त्री सिंह

नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको...

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा तीनजना पक्राउ

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा तीनजना पक्राउ

काठमाडौं । प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको...