back
adikar sampana bagmati
fikal gaupalika

मिस नेपाल नर्थ अमेरिका २०२२ को विजेता बनिन् प्रतियुशा बोहरा

180 

shares

न्यूयोर्क । न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ को विजेता प्रतियुशा बोहरा विजेता बनेकी छिन् । न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरूलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी हुन् ।

यसैगरी फस्ट रनरअप आन्या थापा तथा सेकेन्ड रनरअप दिव्या पन्त भएका छन् । अगस्त ६ मा विजेताहरूको घोषणा गरिएको थियो। १४ जना प्रतियोगीहरू अमेरिकाका विभिन्न राज्यहरूबाट सहभागी भएका थिए । पहिलो चरणमा १४ जना प्रतियोगीहरू परिचयात्मक प्रस्तुतिपछि दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जना मध्येबाट अन्तिम चरणमा ५ जना छानेर मिस नेपाल नर्थ अमेरिका २०२२ का विजेता, प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

१४ जना प्रतियोगीहरूमा आन्या थापा कोलोराडो, विष्णु मिश्रा ओहायो, दिया पन्त पेनसेलभेनिया, मिङ्ग्मा शेर्पा न्युयोर्क, राजीना कार्की न्यू मेक्सिको, रिया बराल क्यान्सस, सारा कार्की टेक्सस, सरोज तामाङ्ग मिसिगन, शिला बस्नेत सान फ्रान्सिस्को, शिभालिका भण्डारी टेक्सस, प्रतियुषा बोहरा टेक्सस, स्वस्तिका लयालु टेक्सस ,छिरिङ शेर्पा न्यूयोर्क तथा जानकी राई न्यूयोर्क रहेका थिए ।

मिस नेपाल नर्थ अमेरिका २०२२ मा पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर रहेकी थिइन् भने निशा पाठक तथा साहना बज्राचार्यद्वय कार्यक्रम प्रस्तोता रहेका थिए । मिस नेपाल नर्थ अमेरिका २०२२ मा नेपाल सुन्दरी प्रियङ्का रानी जोशीको पनि उपस्थिति रहेको थियो ।


प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...