back
rubela khop

कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गछौं : प्रधानमन्त्री

282 

shares
rubela khop

नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । आठौं नुवाकोट महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पारे ।

राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताए । उनले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने र सुझाव लिने काम भईरहेको बताए । ‘अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ’, प्रधानमन्त्रीले प्रचण्डले भने, ‘यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।’

बजेट निर्माण प्रक्रिया अगाडि बढीको बताउँदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा नुवाकोटले प्राथमिकता पाउने विश्वास दिलाए । प्रधानमन्त्री प्रचण्डले धार्मिक, ऐतिहासिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकासमा सरकारले सहयोग गर्ने उल्लेख गरे । उनले नुवाकोट दरबारको पुनर्निर्माणमा सरकारले ध्यान दिने बताए । सो अवसरमा विभिन्न झाँकी प्रस्तुति गरिएको थियोे ।


फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो...

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

नुवाकोट। अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति...

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भैरहवा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका...

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको...

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद यही फागुन २२ देखि...

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हेम...