भारतबाट भन्सार छली ल्याइएको १३३ बोरा गहूँ बरामद
450
sharesनवलपरासी । भारतबाट भन्सार छली गरेर ल्याइएको १३३ बोरा गहूँ प्रहरीले बरामद गरेको छ । उक्त गहूँ नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिका–५ बसहियाबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
भारतबाट भन्सार छली ल्याएको १३३ बोरा गहुँ स्थानीय कैलाश हजामको घरमा लुकाएर राखेको अवस्थामा फेला परेको नवलपरासी पश्चिमका डिएसपी भोजराज पाण्डेयले जनाएका छने ।
त्यसरी भारतबाट अवैध रुपमा भन्सार छली गरेर ल्याइएको करिब २ लाख मूल्य पर्ने ६ टन ६ क्विन्टल गहुँ महेशपुर भन्सार कार्यालयमा बुझाइने डिएसपी पाण्डेयको भनाइ छ ।
वि.सं.२०७९ माघ १८ बुधवार १२:४३