back

महाशिवरात्रिमा पशुपतिमा लिङ्ग पुराण महायज्ञ गर्ने

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले फागुन १ गतेदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गर्ने भएको छ ।

लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान गर्न लागेको हो । नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्रिकै अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले विमोचन गर्नुहुने भएको छ ।

विमोचनपछि पशुपतिनाथ मूल मन्दिरको पश्चिमढोकाअघि स्थापना गरिएको कोषको बिक्री कक्षबाट पनि पुराणको पुस्तकको बिक्री गरिने जनाइएको छ । कोषले यसअघि शिव पुराण पनि नेपाली अनुवादसहित प्रकाशन गरिसकेको छ । कोषले प्रकाशन गरेका सबै पुस्तक पश्चिमढोका अघिको बिक्री कक्षमा पाइने संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । यस वर्षको महाशिवरात्रि पर्व फागुन ६ गते परेको छ । कोषले महाशिवरात्रिको तयारीका काम सुरु गरिसकेको जनाइएको छ ।


प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज...

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको...

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल...

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

काठमााडौं । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही...

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

काठमाडौं । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा...

बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुला

बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुला

काठमाडौं । पूर्वकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गएको...