back
prabhu bank
sanima relaince life

कीर्तिपुर आँखा अस्पताललाई जापान सरकारको सहयोग

522 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । जापान सरकारले कीर्तिपुरस्थित आँखा अस्पताललाई करिब रु एक करोड ८३ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । जापान सरकारको ‘ग्रान्ट असिस्टेन्स् फर ग्रास्रुट प्रोजेक्ट’ अन्तर्गत यो सहयोग प्रदान गरिएको हो ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले आज कीर्तिपुरस्थित सो अस्पताल परिसरमा आयोजित कार्यक्रममा ती सामग्री हस्तान्तरण गरे । । हस्तान्तरण गरिएका सामग्री रेटिना परीक्षणयन्त्रलगायतका आँखा उपचारमा प्रयोग गरिनेछ ।

सो अवसरमा राजदूत युताकाले हस्तान्तरित सामग्रीले आँखाको रोग छिटो र प्रभावकारी रुपले पत्ता लगाउन सहयोग पुग्ने आशा व्यक्त गरे । परिवर्तित जीवनशैलीका कारण मधुमेहजन्य आँखाको समस्या धेरै मानिसमा देखिएको सन्दर्भमा त्यसको सही निदान र उपचारको खाँचो रहेको उनको भनाइ थियो ।

नेपाल नेत्रज्योति सङ्घले २०७२ सालमास्थापना गरेको यस अस्पताल २०७४ मा कीर्तिपुर आँखा उपचार केन्द्रका रुपमा स्तरोन्नति भएको थियो ।

अस्पतालले हालसम्म सात हजार जनाको आँखाको शल्यक्रिया गरिसकेको छ । साथै अस्पतालले दक्षिणकाली र चन्द्रागिरिलगायत चार वटा स्थानमा आँखा उपचार केन्द्र पनि स्थापना गरेको छ ।


ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा...

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनारले...

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान...

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान...