back
sanima relaince life
citizen life
machapuchre bank

सांसदहरु काठमाडौँमुखी भए गाउँ जाँदा नागरिकले राँको बालेर लखेट्ने छन् : उपसभामुख राना

510 

shares
sanima relaince life
citizen life
machapuchre bank

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले सांसदहरु काठमाडौँमुखी भएर बस्न नहुने बताएकी छन् । संसद भवनमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसदहरु यस्तै काठमाडौँमुखी भए गाउँ जाँदा नागरिकले राँको बालेर लखेट्ने बताएकी हुन् ।

‘हामी काठमाडौँ केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा नागरिकले राँको बालेर खेदाउँछन् । सांसदहरु काठमाडौँ मात्र केन्द्रित हुनु हुँदैन । सांसदहरुले स्थलगत अवलोकन गरेर नागरिकका समस्यालाई उठाउनु पर्छ ’ उनले भनिन् ।
यस्तै उनले अवलोकनका क्रममा उपसभामुख पदलाई हेप्ने गरेको पाएको बताएकी छन् । उनले उपसभामुखलाई उप÷चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको बताइन् । आफू उपसभामुख भइसकेपछि केही जिल्ला भ्रमण गर्दा यस्तो पाइएको उनले बताइन् ।

उनले भनिन्, ‘मैले केही गाउँको अवलोक गरें । उपसभामुखलाई उप, चुप भन्ने गरेको पाएँ । मैले यसमा उप अब उपर अर्थात् माथि जाने हो भनेर आएकी छु ।’ उपसभामुख रानाले सांसदहरुले स्थलगत अवलोकन गरेर गाउँघरका समस्यालाई संसदमा उठाउनु पर्ने बताएकी छन् ।


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...