back
adikar sampana bagmati
fikal gaupalika

अभिनय र निर्देशन छोडेर गायनतिर नविनकुमार पौडेल

312 

shares

काठमाडौं । ताप्लेजुङको तिरिङ्गेमा जन्मिएका नविनकुमार पौडेलको हालको बसोबास भने झापाको कमल गाउँपालिका ३ मा पर्छ । अध्ययनसँगै सांगीतिक करियर बनाउन झापाबाट काठमाडौं छिरेका पौडेलले अभिनयबाट आफ्नो कला क्षेत्रको बाटो तय गरेका थिए ।

उनले ‘चलेको चलन’ नामक टेलिसिरियलबाट अभिनय थाले । त्यसपछि उनले तीनदर्जन बढी म्युजिक भिडियोमा निर्देशन र अभिनय पनि गरिसकेका छन् । यसरी अभिनय र निर्देशनबाट कला क्षेत्रमा उदाएका पौडेलले अहिले अन्य विधा छाडेर गायन क्षेत्रलाई आफ्नो पेशा बनाएका छन्।

यसरी अभिनय र निर्देशनबाट कलाकारिता क्षेत्रमा उदाएका पौडेलले अहिले झन्डै तीन दर्जन बढी गीतमा आफ्नो स्वर दिइसकेका छन् । अभिनय र निर्देशनबाट कलाकारिता उदाएका पौडेलले ‘मैले पागलपन’ नामक एल्बमबाट गायन क्षेत्रमा हात हालेका हुन् । त्यसयता उनले तीन दर्जनबढी गीतमा स्वर पस्किइसकेका छन् ।

पौडेलका दर्जनौं गीतहरु सार्वजनिक भएमध्येका कुनै गीतले दर्शक, स्रोताहरुले राम्रैसँग मन जितेका छन् । त्यसैगरी पछिल्लो समय सार्वजनिक भएको पौडेलको ‘मेरीडल्ली’ नामक गीतले नेपाली सांगीतिक बजार राम्रोसँग तताएको थियो । ‘मेरीडल्ली’मा नविनकुमार पौडेल र रचना रिमालको स्वर सजिएको छ । उक्त गीतको म्युजिक भिडियोमा मोडल सुधीर क्षेष्ठ, विना राउत र अन्य कलाकारहरुको अभिनय रहेको छ ।

त्यसपछि भरखरै बजारमा सार्वजनिक भएको ‘पानीप¥यो छाता छैन’ नामक गीत अहिले चलिरहेको छ । उक्त गीतलाई पनि धेरै दर्शक, स्रोतहरुले मन पराएको पौडेलको भनाइ छ । उक्त गीतको म्युजिक भिडियोमा मोडल सरोज प्रजा र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ ।

उक्त गीतमा नविनकुमार पौडेलको स्वर छ भने त्यसमा अस्मिता अधिकारीले साथ दिएकी छिन् । शब्द सगीत प्रकाश लामाको रहेको छ भने छायांकन दिनेश पराजुली र निर्देशन सुरेन्द्र बस्यालको रहेको छ । उक्त गीतको म्युजिक भिडियो ‘नेपमेलो’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

 

 

 


प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...