back
himalayan bank

ग्रीन हाइड्रोजन उत्पादन गर्ने इलेक्ट्रोलाइजर गुजरातमा अनावरण नेपालले पनि लिनसक्छ फाइदा

324 

shares
nicasia bank

नेपालको हरित हाइड्रोजनमा योगदान पुर्याउन चाहेको भारतको ग्रीनजो इनर्जी इण्डिया लिमिटेडले हरित हाइड्रोजन उत्पादनका लागि आवश्यक एल्कलाइन इलेक्ट्रोलाइजर औपचारिकरुपमै अनावरण गरेको छ । भारतको गुजरातका मन्त्रीहरुले अनावरण गर्नुभएको हो । उहाँहरुले पर्यावरण र आर्थिकवृद्धिका लागि यो महत्वपूर्ण सावित हुने बताउनुभयो । राज्यका मन्त्रीहरु सम्मिलित कार्यक्रममा भारतमै उत्पादन भएको इलेक्ट्रोलाइजर अनावरण गरिएको हो ।

एक मेगावाट हाइड्रोजन उत्पादन क्षमताको यो इलेक्ट्रोलाइजरले पानीबाट ग्रीन हाइड्रोजन बनाउँछ । भारतमा अहिले कार्बन उत्सर्जन गर्ने ग्याँसबाट हाइड्रोजन बनाउने गरिएको छ । तर, यो इलेक्ट्रोलाइजरले हरित हाइड्रोजन उत्पादन गर्छ । यसले स्वच्छ वातावरणमा टेवा पु-याउँछ । यो अनावरण भएसँगै ग्रीन हाइड्रोजन उत्पादनका लागि कोशेढुंगा सावित भएको छ ।

भारतमै हरित हाइड्रोजन उत्पादन गर्ने यो इलेक्ट्रोलाइजर पहिलो हो । ग्रीनजो इण्डिया लिमिटेडले २५० मेगावाट क्षमताको इलेक्ट्रोलाइजर बनाउन सुरु गरिसकेको छ । अहिले १ मेगावाट क्षमताको अनावरण गरिएको हो । गुजरात राज्यका उद्योगमन्त्री बलवंतसिंह राजपूतले अनावरण कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । एमएसएमई मंत्री जगदीश विश्वकर्मा, मुकेश पटेल पर्यावरणमन्त्री, हर्ष संघवी गृह मंत्री मंगलबारको शोभायात्रा कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

उहाँहरुले भारतमै उत्पादन इलेक्ट्रोलाइजर यो क्षेत्रकै लागि सस्तो र किफायतीसँगै उपयोगी हुने बताउनुभएको थियो । गुजरातको सनान्दमा रहेको ग्रीन्जो इनर्जी इण्डिया लिमिटेडका संस्थापक एवं प्रबन्ध निर्देशक सन्दीप अग्रवालले आफ्नो समूहले एक मेगावाट उत्पाद गर्न सक्ने अल्कलाइन इलेक्ट्रोलाइजर बनाउनुलाई निकै महत्वपूर्ण ठान्नुभएको छ । अग्रवालले भन्नुभयो, ‘यो पर्यावरण संरक्षणका लागि निकै महत्वपूर्ण हो ।’

हरित हाइड्रोजन उत्पादनमा आवश्यक अल्कलाइन इलेक्ट्रोलाइजर बजारमा ल्याउँदै गर्दा नेपाल लगायतका मुलुकका लागि पनि फाइदा हुने प्रबन्ध निर्देशक अग्रवालले विश्वास दिलाउनुभयो । नेपाल पनि यो अभियानमा जोडिनुपर्ने उहाँको तर्क थियो ।

ग्रीनजो इनर्जीले अहिले ५ मेगावाट हरित हाइड्रोजन उत्पादन गर्न सक्ने इलेक्ट्रोलाइजर बनाउँदैछ । पर्यावरणमा योगदान पुर्याउँदे आएको ग्रीनजो इनर्जीले सस्तो सुलभ इलेक्ट्रोलाइजर मात्र होइन नेपालमा हाइड्रोजन उत्पानका लागि पनि इच्छा देखाएको छ ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...