प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
246
sharesकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन् ।
उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्रीको विषयमा सत्तारुढ गठबन्धनमा खटपट चलिरहेको छ । अवैध नागरिकताका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीको पद गुमाएका थिए । तर नागरिकता पुनः प्राप्ति गरेपछि लामिछाने सोही पदमा पुनः फर्कने कसरतमा छन् ।
तर, प्रधानमन्त्री दाहाल भने पासपोर्ट लगायत विषय अझै विवादमा रहेको र लामिछानेको नागरिकताबारे अदालतको फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय आफूसँग नै राख्ने पक्षमा छन् ।
वि.सं.२०७९ माघ २१ शनिवार १०:५३