back
himalayan bank

किसानलाई प्रविधिबारे सिकाउन नमुना खेती

264 

shares
nicasia bank

झापा।झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको नमुना खेती गरिएको छ । किसानलाई धानखेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाका चार वटा पालिकामा नमुना खेती गरिएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए ।

गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा ट्रेमा धानको बीउ उमारेर र धान मेसिनले रोपाइँ गरेर नमुना खेती गरिएको हो । २५ जना किसानको ७० बिघा जमिनमा ‘चैते धान–५’ जातको चैते धानको नमुना खेती गरिएको उनले बताए ।

‘किसानलाई प्रविधि चिनाउँदै प्रविधियुक्त खेतीमा प्रोत्साहित गराउने उद्देश्य हो’, उनले भने, ‘बीउ राख्न ट्रे र धान रोप्ने मेसिन निःशुल्क उपलब्ध गराइएको छ ।’ सहकारीको मेसिन भाडामा लिएर रोपाइँ गरिएको उनको भनाइ छ ।

मेसिनले चार हजार पाँच सयमा एक बिघा धान रोपाइँ गर्ने तर खेताला लगाएर रोपाइँ गर्दा नौ हजारभन्दा बढी खर्च हुने निमित्त प्रमुख विष्टले जानकारी दिए । बीउ उखेल्ने र रोपाइँ गरेर करिब १५ हजारदेखि २० हजार बचत हुने उनले बताए । मेसिनले रोप्दा पाँचदेखि १० प्रतिशत उत्पादन वृद्धि हुने उनको दाबी छ ।

उत्पादन भएको चैते धान न्यूनतम नौ सय प्रतिमन (४० केजी) का दरले खरिद गर्ने निश्चित भएको निमित्त प्रमुख सागर विष्टले जानकारी दिए । नमुना खेतीका लागि ज्ञान केन्द्रको १० लाख खर्च भएको छ ।

झापामा किसानले ड्रम सिडर मेसिन’ प्रयोग गरेर छरुवा प्रविधिबाट चैते धान लगाएका छन् ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...