back
sanima relaiance life insurance

skip this prime bank

बागमती प्रदेशसभाको बैठक बस्दै

528 

shares

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ बैठक आज दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत माघ ३ गते मुख्यमन्त्री सालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक २२ गते दिउँसो २ बजे बस्ने भएको हो ।

प्रदेशसभाका बैठक बस्नुअघि आज नै बिहान ११ बजे सर्वदलीय बैठक बस्ने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । सर्वदलीय बैठकले दिउँसो बस्ने प्रदेशसभा बैठकको कार्यसूची तय गर्नेछ ।

आज बस्ने प्रदेशसभा बैठकमा संसदीय समितिको विषयले प्रवेश पाउने र समितिका सभापतिको निर्वाचनको कार्यक्रम निर्धारण गर्ने सम्भावित कार्यसूची रहेको उनको भनाई छ ।

यस अघिको प्रदेशसभा बैठकले अनुमोदन गरेको प्रदेशसभा नियमावली संशोधन गरी संसदीय समितिको कार्य क्षेत्र निर्धारण गर्ने, संसद्बाट स्वीकृत भइसकेको ५ वटा अध्यादेश सम्बन्धी प्रतिस्थापन विधेयकको विषयमाथि छलफल हुन सक्ने बताइएको छ ।


चाडबाड आएसँगै दुई महिनामै डेढ अर्ब हारहारीको मसला आयात

चाडबाड आएसँगै दुई महिनामै डेढ अर्ब हारहारीको मसला आयात

काठमाडौं । चाडबाड आएसँगै पछिल्लो दुई महिनामा १ अर्ब...

हर्सोल्लासपूर्वक फूलपाती भित्र्याइँदै

हर्सोल्लासपूर्वक फूलपाती भित्र्याइँदै

काठमाडौं । आज आश्विन शुक्ल सप्तमी हर्सोल्लासपूर्वक घरघरमा फूलपाती...

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट’ सेवा सञ्चालनमा...

ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब...

सानिमा रिलायन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न

सानिमा रिलायन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक...

नेता र कर्मचारीलाई कोसेलीको ओइरो, जनतालाई बाढी र पहिरो

नेता र कर्मचारीलाई कोसेलीको ओइरो, जनतालाई बाढी र पहिरो

काठमाडौं । नेपालीहरुको महान पर्व दशैंको मुखमा बाढीपहिरोले ठूलोमा...