back
prabhu bank
sanima relaince life

चीनले फेरी शुरु गर्यो ताइवान नजिकै सैन्य अभ्यास

612 

shares
prabhu bank
sanima relaince life

काठमाडौँ । चीनको सेनाले ताइवान नजिकै आफ्नो सैन्य अभ्यास भइरहेको जनाएको छ । यसअघि अभ्यास आइतबार समाप्त हुने बताइएको थियो ।

चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले पनडुब्बी आक्रमणबाट बच्ने र समुद्रमा आक्रमण गर्ने अभ्यास गर्ने बताएको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले चार दिने सैन्य अभ्यास सुरु गरेको छ । ताइवानले सैन्य अभ्यासको बहानामा चीनले घुसपैठ गर्न खोजेको आरोप लगाएको छ ।

ताइवानले अभ्यासका क्रममा चिनियाँ लडाकु विमान धेरै पटक आफ्नो क्षेत्रमा प्रवेश गरेको दाबी गरेको छ ।

अमेरिका, अस्ट्रेलिया र जापानले सैन्य अभ्यासको आलोचना गरेका छन् । उनले चीनले ताइवानको यथास्थिति परिवर्तन गर्न चाहेको बताए ।

चीनले ताइवानलाई छुट्टै प्रान्त मान्छ र यो अन्ततः चिनियाँ नियन्त्रणमा आउने विश्वास गर्छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानको ‘एकीकरण’ पूरा हुने बताएका छन् । उनले यो हासिल गर्न बल प्रयोग गर्न पनि अस्वीकार गरेनन् ।

तर ताइवानले आफ्नो संविधान र आफ्नै निर्वाचित नेताहरूको सरकार भएको एक स्वतन्त्र देश मान्दछ ।


ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा...

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनारले...

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान...

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान...