कामपाले ३२ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण शरु गर्दै
426
sharesकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरेको छ ।
यही माघ १५ मा कामपाले सेवा विस्तार गर्दै नौवटा वडाहरू २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ बाट प्रारम्भ गरेको सेवा अहिले ३२ वटै वडा कार्यालयमा विस्तार गरेको हो ।
यही माघ १० देखि सबै वडाबाट परिचयपत्र वितरण गर्ने भनिए पनि प्राविधिक काम बाँकी रहेपछि पञ्जीकरण विभागसँग छलफल गरी सोमबारदेखि सेवा सुरु गरिएको कामपाले जनाएको छ ।
वि.सं.२०७९ माघ २२ आइतवार ११:३८