back
RBB

काठमाडौंबासीले बाह्रै महिना पानी खान पाउने अवस्था अझै छैन

516 

shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको काम पूरा भए पनि त्यसबाट काठमाडौंबासीले बाह्रै महिना पानी खान पाउने अवस्था अझै नरहेको बताएका छन् । प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा शून्य समयमा बोल्दै सांसद सिंहले मेलम्चीको खानेपानी बाह्रै महिना वितरण हुने संयन्त्र विकास गर्न माग गरे ।

उनले खानेपानी आयोजनामा काम गर्ने श्रमिकले साउन देखि तलब खान नपाएको भन्दै उनीहरूलाई समयमै तलब दिन र खानेपानी वितरणलाई व्यवस्थित गर्न माग गरेका छन् ।

‘काठमाडौंबासीले दुई दशकभन्दा लामो समय पर्खिएर मेलम्चीको पानी बल्ल–बल्ल चाख्न पाएका छन् । वर्षात्को समयमा बन्द हुने, वर्षा सकिएपछि मात्रै फेरि पानी वितरण हुने कारणले गर्दाखेरि बाह्रै महिना खानेपानीको सुविधा नहुने अवस्था छ,’ उनले भने, ‘बाह्रै महिना खानेपानीको बन्दोबस्त गर्न आवश्यक कदम चाल्नका लागि म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’


प्रहरीद्वारा गाँजाखेती नष्ट

प्रहरीद्वारा गाँजाखेती नष्ट

सर्लाही।सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा...

स्वर्ण पदक विजेता गुरुङलाई गाउँपालिकाको सम्मान

स्वर्ण पदक विजेता गुरुङलाई गाउँपालिकाको सम्मान

दमौली । काठमाडौंमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा...

सहज स्वास्थ्य सेवा प्रवाहका लागि ९२ हजार जनशक्ति आवश्यक : स्वास्थ्यमन्त्री

सहज स्वास्थ्य सेवा प्रवाहका लागि ९२ हजार जनशक्ति आवश्यक : स्वास्थ्यमन्त्री

धुलिखेल । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा...

फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति

फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति

फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा...

जीर्ण कारागारमा कैदीको भीड, नयाँ पक्की भवन रित्तै

जीर्ण कारागारमा कैदीको भीड, नयाँ पक्की भवन रित्तै

ओखलढुङ्गा । ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी...

बक्यौता रकम असुल नहुँदा खानेपानी संस्था सङ्कटमा

बक्यौता रकम असुल नहुँदा खानेपानी संस्था सङ्कटमा

महोत्तरी । महोत्तरीको बर्दिबास नगर क्षेत्रका छ हजार बढी...