back
himalayan bank

कमलामाईमा नगरस्तरीय मेयर, उपमेयर कप भलिबल प्रतियोगिता सुरु

306 

shares
nicasia bank

काठमाडौं । सिन्धुलीमाढीको कमलामाई नगरपालिकाले नगरस्तरीय चौँथो मेयर, उपमेयर कप भलिबल प्रतियोगिता सुरु गरेको छ । आइतबारदेखि सुरु भएको नगरस्तरीय भलिबल प्रतियोगितामा नगरपालिकाका ९ वटा वडाहरुले भाग लिएका छन् । सो प्रतियोगिताको उद्घाटन समारोहको खेलमा वडा नम्बर ५ र ७ बीच प्रतिष्पर्धा भएको थियो ।

त्यस खेलयमा वडा नम्बर ७ बिजयी भएको कमलामाई नगर खेलकुद विकास समितिका अध्यक्ष लोक विक्रम थापाले जनाएका छन् । दोस्रो प्रतियोगितामा वडा नम्बर २ र ३ बीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा वडा नम्बर २ विजयी भएको थियो भने तेस्रो प्रतियोगितामा वडा नम्बर १० र वडा नम्बर १ बीच प्रतिस्पर्धा भएको थियो त्यसमा १० विजयी भएको थियो ।

चौँथो प्रतिस्पर्धा वडा नम्बर ९ र ११ बीच भएको थियो, त्यस खेलमा वडा नम्बर ९ नम्बर विजयी भएको आयोजक पक्षले जनाएको छ । त्यस्तै आएतवार नै भएको सेमिफाइनल खेलमा वडा नम्बर ७ र वडा नम्बर २ बीच प्रतिष्पर्धा भएको थियो त्यस खेलमा वडा नम्बर ७ बिजयी हुँदै फाइनलमा प्रवेश गरेको खेलमा दास्रो सेमिफाइनल प्रतियोगिता वडा नम्बर १० र वडा नम्बर ९ बीच भएको भएको थियो । त्यसमा ९ नम्बर वडालाई हराउँदै वडा नम्बर १० फाईनलमा प्रवेश गरेको अध्यक्ष थापाले बताएका छन् ।

प्रतियोगिताको फाइनलमा वडा नम्बर ७ र वडा नम्बर १० बीच प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै महिलातर्फको सबै प्रतिस्पर्धा सोमबार हुनेछन् । प्रतियोगिताको फाइनल खेल चैत ४ गते गते हुने आयोजक पक्षले जनाएको छ ।

उक्त भलिबल प्रतियोगिताका विजेतालाई ६० हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै उपविजेतालाई ४० हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र दिइएने आयोजक पक्षले जनाइएको छ ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...