back

अखिल नेपाल महिला सङ्घ (समाजवादी) को राष्ट्रिय सम्मेलन काठमाडौँमा

काठमाडौं । अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले आगामी जेठ महिनामा राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने भएको छ । सङ्गठनकी अध्यक्ष जयन्ती राईको अध्यक्षतामा बसेको बैठकमा आगामी चैत महिनामा सबै प्रदेश सम्मेलन तथा आगामी फागुन मसान्तभित्र सङ्गठनको जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको हो । फागुन १५ गतेभित्र सङ्गठनका सबै गाउँ तथा नगर सम्मेलन सम्पन्न गरिनेछ ।

राष्ट्रिय सम्मेलन अगाडि सङ्गठनको नियमित बैठक गर्ने, सङ्गठित नेता–कार्यकर्तालाई प्रशिक्षित गराउने, महिलामाथि समाजमा विद्यमान हिंसा र भेदभाव अन्त्यका लागि महिलाहरूलाई जागरुक बनाउने, सदस्यता प्रदान गर्ने, नवीकरण गर्ने, सङ्गठनको सदस्यता र कमिटीहरूको तथ्याङ्क अद्यावधिक गर्ने र सङ्गठन परिचालनको कामलाई महत्वका साथ सञ्चालन गरिनेछ ।

सङ्गठनको सदस्यता वितरणलाई प्रभावकारी बनाउने र सोको तथ्याङ्क अद्यावधिक गर्ने, सङ्गठनका सबै तहका समितिहरूले सम्मेलन अवधिसम्म अनिवार्य रूपले प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, सबै समिति र विभागले आफ्ना सबै पदाधिकारी तथा सदस्यलाई जिम्मेवारी तथा दायित्व तोकेर प्रत्येक महिना सम्बन्धित समितिमा बुझाउने व्यवस्था गर्ने, जनप्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, महिला हिंसा भएका घटनामा जिल्ला तहको उपस्थिति गराउने र पीडितको पक्षमा लागेर आवश्यक सहयोग गर्ने, केन्द्रीय विभागलाई पूर्णता दिने, मुखपत्र र आगामी वर्षका लागि क्यालेन्डर प्रकाशन गर्ने उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख सावित्रा भुसालले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णय र यसअघि पार्टीले जारी गरेको अन्तरसङ्गठनको निर्देशनबमोजिम सबै जनसङ्गठन पुनर्गठन गर्नुपर्ने भएको छ ।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...