back
ntc
global ime bank

सहकारी ठगी र अपचलनका घटनाप्रति सजग हुन पाल्पा कांग्रेसद्वारा ध्यानाकर्षण

1.2K 

shares

पाल्पा । अहिले सर्वसाधारणले पसिना बगाएर कमाएको थोरैथोरै पैसा बचत गरेर भविष्यको गर्जो टार्ने उद्देश्यले खोलिएका सहकारी संस्थाका सञ्चालकहरु निक्षेपकर्ताको रकम लिएर धमाधम भाग्ने क्रम जारी छ । नेपाली कांग्रेस पाल्पाले सहकारीमा जम्मा गरेको सर्वसाधारणको रकम कुनै पनि हालतमा डुब्न नदिन पाल्पाका प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारको ध्यानाकर्षण गराएको छ ।

पाल्पा कांग्रेसले समसामयिक विषयवस्तुमाथि ध्यानाकर्षण गराउँदै पछिल्लो समयमा सहकारी ठगी र अपचलनका समाचारहरु आइरहँदा अर्थतन्त्रको एउटा खम्बा हल्लिएर राज्यको जग नै हल्लिन सक्ने अवस्था आउन लागेको भन्दै ज्ञापनपत्र बुझाएर सरकारलाई सचेत गराएको हो ।

पाल्पा कांग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठद्वारा हस्ताक्षेरित पत्रमार्फत् जनताको प्रत्यक्ष संलग्नतामा सञ्चालन हुने विभिन्न प्रकृतिका सहकारीहरुलाई अर्थतन्त्रको खम्बा मानिए पनि पछिल्ला दिनमा बचत र ऋण परिचालन सहकारीको मापदण्ड अनुसार छ कि छैन र अवस्था के छ ? भन्ने विषयमा प्रशासनले नियमित अनुगमन गर्ने व्यवस्था गर्न माग गरेको छ ।

पाल्पामा सञ्चालित सहकारीको अवस्था र बचत तथा ऋण परिचालनको अवस्थाका विषयमा कानुनको अधिनमा रही आवश्यक समन्वय र अनुगमन गर्न कांग्रेसले प्रशासनको ध्यानाकर्षण समेत गराएको छ । लामो खडेरी र प्रचण्ड गर्मीका कारण जनजीवनमा व्यापक प्रभाव परेको भन्दै कांग्रेस सभापति श्रेष्ठले आगलागीका घटनाबाट जनजीवन झनै अस्तव्यस्त भइरहेको बेला सरकारले राहतको व्यवस्था गर्नुपर्ने बताए ।

पाल्पा कांग्रेसले त्यहाँ सञ्चालित खानी, उद्योगहरु मापदण्डअनुसार नचलेको, उद्योग नजिकका मानववस्तीमा वातावरणीय असर पुगिरहेको गुनासाहरु आइरहेकाले सम्बन्धमा तत्काल व्यवस्थापन गर्नका लागि सरकारसँग माग गरेको छ ।


प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहल । कालीगण्डकी नदीको तटमा...

अबुधाबीबाट पनि श्रम स्वीकृति

अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)बाट पनि श्रम...

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ...

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमाथि यातना...

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओमन प्रस्थान...

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

काठमाडौं । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, उपत्यका...