back

मुसहरनिया गाउँपालिकाका अध्यक्ष यादवले हाजिरी गर्न नदिएको भन्दै गरे कर्मचारीमाथि हातपात

काठमाडौं । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले आफनै गाउँपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी श्रवण कुमार यादव र सहायक आन्तरिक लेखा परीक्षक नविन कुमार साहमाथि हातपात गरेका छन् ।

विगत एक महिनादेखि हाजिरी गर्न नदिइएको विषयलाई लिएर विवाद भएपछि अध्यक्ष यादवले हातपात गरेको कर्मचारीहरुको आरोप छ । कर्मचारीद्वय साह र यादवले आफूहरुलाई विगत एक महिनादेखि गाउँपालिकाको कार्यालयमा हाजिरी गर्न नदिई अध्यक्ष यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत राम पुकार दासले मनोमानी गर्दै आइरहेको आरोप लगाएका छन्।

लेखा परीक्षक साहका अनुसार, बुधबार गाउँपालिका अध्यक्ष यादवसहित निमित्त प्रमुख प्रशासकीय दास र एकजना कार्यपालिका सदस्यका पति लक्ष्मी यादव तथा अध्यक्ष यादवका बाउन्सर बहेरा बेला बस्ने भरत महतोले आफूहरुमाथि कुटपिट गरेको बताए।

गाउँपालिका अध्यक्ष यादवले मनोमानी तरिकाले कार्यालयको हाजिरी रजिष्टर आफ्नो कार्यकक्षमा राखेको र उनको अगाडि पछाडि गर्ने कर्मचारीलाई मात्रै हाजिरी गर्न दिइएको कर्मचारी साहले बताए ।


नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न...

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई...

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल...