back
himalayan bank

एनसेलले ल्यायो, ‘फाइभजी भिजन’मा आधारित नयाँ योजना

684 

shares
nicasia bank

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले ‘फाइभजी भिजन’मा आधारित एनसेल ‘सधैँ अन’ योजना सार्वजनिक गरेको । सेवाग्राहीलाई सधैँ इन्टरनेटको पहुँचमा राख्ने उद्देश्यले कम्पनीले सो योजना ल्याएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

एनसेल कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जाब्बोर कायुमोभले नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकसरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुगोस् भन्ने उद्देश्यले नयाँ योजना सार्वजनिक गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ताका आवश्यकता परिवर्तन हुँदैछन्, । धेरै मोबाइल फोन प्रयोगकर्ताले आफ्ना दैनिक कार्यहरु किनमेल, यात्रा, बैंकिङ कारोबारलगायतका सेवाहरु अनलाइनबाटै लिने भएकाले सधैँ इन्टरनेटमा पहुँच पुगोस् भनेर यो योजना ल्याएका हौँ ।”

योजनाको मुख्य उद्देश्य नेपाली सेवाग्राहीलाई ‘फाइभजी’का लागि तयार पार्नु रहेको सिइओ कायुमोभले बताए । “फाइभजी ताररहित प्रविधिको भविष्य हो । यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ । ६० भन्दा बढी देशमा यो प्रविधि पहिले नै आइसकेको छ । भारतपछि नेपाल व्यावसायिक रुपमा फाइभजी सञ्चालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस्”, एनसेलको विज्ञप्तिमा भनिएको छ ।

फाइभजीको केवल द्रुत इन्टरनेट मात्र नभई अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता रहेको भन्दै यसले कृषि, स्वास्थ्य शिक्षा, पर्यटनलगायत क्षेत्रहरुको विकासमा महत्वपूर्ण प्रभाव पार्ने जनाइएको छ । योसँगै सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्ने कम्पनीले जनाएको छ । मोबाइल ब्रोडब्याण्ड स्पीडमा नेपाल अहिले विश्वको १०९ औँ स्थानमा रहेको छ ।

‘सधैँ अन’ योजना अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन समूहमा आठ वटा विभिन्न योजना सञ्चालनमा ल्याएको छ । “सात दिनको समयसिमा रहेको रु ९८ बाट सुरु हुने योजनादेखि २८ दिन समयावधि रहेको रु १४९९ पर्नेसम्मको विभिन्न योजना छन् । ‘सधैँ अन’ योजना लिने ग्राहकले सामाजिक सञ्जाल प्रयोगका लागि निःशुल्का डेटा पनि प्राप्त गर्नेछन्”, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निजी रुपमा सञ्चालित टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले नेपालका दूरदरराजमा छिटोछरितो र भरपर्दो सेवा प्रदान गर्दै उपभोक्ताबीच राम्रो छवि कायम गरेको छ । टेलिकम्युनिकेसन सप्रदायक संस्थाको तुलनामा एनसेल कम्पनीले शहरदेखि दूरदराज ग्रामीण भेगका उपभोक्ताको विश्वास जितेको एनसेल प्रयोगकर्ता उपभोक्ता बताउने गर्दछन् । चुस्तदुरुस्त सेवा, ग्राहकको चाहना अनुसारको सुविधा र जुनसुकै ठाउँमा पनि नेटवर्क टिप्ने भनेर एनसेलले आफ्नो छवि ग्राहकमाझ पहिलादेखि बनाउँदै आएको छ ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...