जापनिज सीप र प्रविधि भित्र्याउन धुलिखेल नगरपालिकाले जापानको रिनोकिनो कम्पनीसँग सम्झौता गर्दै
300
sharesकाभ्रे । धुलिखेल नगरपालिकाले र जापानको रिनोकिनो कम्पनीसँग सम्झौता गर्ने भएको छ । नगरपालिकाले कृषि क्षेत्रमा जापनिज सीप र प्रविधि भित्र्याउनको लागि उक्त सम्झौता गर्ने भएको हो ।
उक्त कम्पनीले धुलिखेलका कृषकलाई जापनिज सीप र प्रविधि तथा भाषाबारे छमहिने तालिमसमेत दिनेछ ।
नगर जनप्रतिनिधि र कम्पनी पदाधिकारीसँगको छलफलपछि केही हप्तामा दुवै पक्षबीच सम्झौता गरिने नगरपालिकाले जनाइएको छ ।
त्यस्तै, जापानका विभिन्न दश कृषि उद्योग र होम केयर कम्पनीमा धुलिखेलका कृषकलाई रोजगारी दिने समेतको सम्झौता गर्ने नगपालिकाले जनाएको छ ।
वि.सं.२०७९ माघ २५ बुधवार १७:१८