back
global ime bank
chandagiri nagarpalika

देशव्यापी रुपमा पोलियो विरुद्व आई.पि.भी.खोप अभियान सञ्चालन गरिँदै 

402 

shares

काठमाडौं । पोलियो विरुद्वको आई.पि.भी. खोप अभियान यही जेठ १३ गतेदेखि २६ गतेसम्म देशव्यापी रुपमा सञ्चालन गरिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महासाखाले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि ई.पि.भी. खोप अभियान यही जेठ १३ गतेदेखि २६ गतेसम्म सञ्चालन गर्ने जनाएको हो ।  खोप कार्यक्रम १४ लाख ६२ हजार ६१२ जना बालबालिकालाई लक्षित गरी सञ्चालन गर्न लागिएको जनाइएको छ ।

परिवार कल्याण महासाखाका निर्देशक डा.विवेक कुमार लालले विश्व बजारमा खोप अभावका कारण आई.पि.भी खोप लगाउन छुटेका विसं २०७३ बैसाख देखि २०७५ असोजसम्म जन्मेका बालबालिकालाई यो खोप लगाइने जानकारी दिए । उनका अनुसार यो खोप देश भरिका सात वटै प्रदेशका स्थानीय तहमा रहेका विद्यालय, त्यहाँ रहेका ३४ हजार ३५४ खोपकेन्द्रबाट दिइने छ । डा. लालले भने, ‘ विद्यालयमा खोप लगाउन छुटेकालाई नजिकको स्वास्थ्य केन्द्रमा पनि खोप लगाउन सकिने छ ।’

खोप साखा प्रमुख डा। अभियान गौतमले सन् २०१० देखि नेपालमा पोलियोको कुनै केस नदेखिएको भए पनि चुनौति अझै वाकी रहेकाले खोप अभियान सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार यो अभियानका लागि ग्लोवल भ्याक्सिन अलाइन्स ९गाभी० ले ३२ करोड रुपैया बराबरको अनुदान सहयोग र नेपाल सरकारले २५ करोड रुपैया खर्च गर्न लागेको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले दक्षिण पूर्वि एशियाका दुई देश पाकिस्तान र अफगानिस्थानमा अहिले पनि पोलियोका विरामी देखा परेकाले नेपाल पनि पोलियोको जाखिममा रहेकाले खोप अभियान सञ्चालन गर्नु परेको बताउदै खोप अभियानका विषयमा सत्य, तथ्य सूचना सम्प्रेषण गर्न हुन सञ्चारकर्मीलाई आग्रह गरे । निर्देशक पण्डितले विफर उज्मुलन गरे जस्तै नेपाल सरकार पोलियो उन्मुलन गर्न पनि सक्षम रहेको बताउदै अवको केही वर्षमै पोलियो उन्मुलन हुने विश्वास व्यक्त गरे ।

व्यवस्थापन महासाखाका निर्देशक डा। श्रवण थापाले खोपको खरिद प्रकृया र यसको पारदर्शीताका विषयमा जानकारी गराउदै गाभीले प्रदान गर्ने खोप गुणस्तरीय हुने बताए । नेशनल पोलियो प्लसका अध्यक्ष रोटरियन रत्नमान शाक्यले पोलियो उन्मुलन अभियानमा रोटरीले सधै सहयोग गर्दै आइरहेको बताए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठले खोप अभाव र विविद् कारणले खोप पाउनबाट बन्चित बालबाललिकालाई लक्षित गरेर अभियान सञ्चालन गर्न लागिएको बताउँदै यो अभियानमा स्थानिय सरकार, स्वास्थ्यकर्मी, अभिभावक, शिक्षक, नागरिक समाज र सञ्चार जगतको अहं भूमिका रहेकोमा जोड दिइन । कार्यक्रम राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो ।


कुमारी बैंकको २४ औं वार्षिक साधारण सभा माघ २१ गते

कुमारी बैंकको २४ औं वार्षिक साधारण सभा माघ २१ गते

काठमाडौं । कुमारी बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभा...

नेपाल जलवायु परिवर्तनको उच्च जोखिमा छ : अर्थमन्त्री

नेपाल जलवायु परिवर्तनको उच्च जोखिमा छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल जलवायु परिवर्तनको उच्च...

सुनको मूल्य १६ सयले बढ्यो

सुनको मूल्य १६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ...

दीर्घकालिन राजनीतिक र आर्थिक प्रभाव पार्ने कानुन संसद छलेर ल्याउनु केपी ओलीको निरंकुश : भीम रावल

दीर्घकालिन राजनीतिक र आर्थिक प्रभाव पार्ने कानुन संसद छलेर ल्याउनु केपी ओलीको निरंकुश : भीम रावल

काठमाडौं । केहीअघि मात्रै एमालेको निष्कासनमा परेका पूर्वउपप्रधानमन्त्री डा‍....

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न

काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो...

राष्ट्रिय मेलमिलाप

राष्ट्रिय मेलमिलाप

जब घाउले छोप्नै खोज्यो रोदनको राग। धर्ती चिरा परी...