हाम्रो माग पूरा भएन भने तपाइहरुको मिसन ०८४ मा देखाउनेछौँ : सहकारी पीडित
678
shares
काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शुक्रबारदेखि आन्दोलन गर्ने घोषणा गरेको छ । महासंघका अध्यक्ष कुशलव केसीले ११ गते ११ बजेदेखि सहकारी पीडितहरुलाई एकजुट बनाउँदै माइतीघरमा रिले अनसन थाल्ने बताएका छन् ।
उनले आफूहरुको माग पूरा नभएसम्म र सबै सहकारी पीडितले बचत नपाएसम्म आन्दालोन नरोकिने बताए । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । “हिजोसम्म हात जोड्यौँ भएन,” उनले भने, “मन्त्रीहरुसँग हारगुहार गर्दै पुग्यौँ, कसैले सुनेनन् । अब ८४ मा तपाईंहरुलाई हाम्रै लेबलमा झार्छौँ । हामी घरघरबाट लखेट्छौँ ।”
सहकारी पीडितले न्याय पाएनन् भने यही एजेन्डा लिएर उमेदवारको विरोधमा उत्रिने बताए । “हाम्रो माग पूरा भएन भने ०८४ मा देखाउनेछौँ,” उनले भने, “सहकारीको पीडा सहन नसकेर कहिले पार्क र कहिले चिया पसलमा बैठक बस्यौँ ।
सहकारीमा ब्याजको लोभमा किन राखेको पैसा ? भनेर सरकारले भन्न मिल्छ ? सरकारलाई सोधेर राखेको हो ? भनेर थर्काउन मिल्छ ? हामीलाई थर्काउने सरकारले सहकारीको किन लाइसेन्स दियो ? गाउँगाउँमा सहकारी, घरघरमा भकारी किन भन्यो ?”
वि.सं.२०८१ जेठ ९ बुधवार १५:०३