back
himalayan bank

युवा सिर्जनशील समाजद्वारा मखमली जुत्ता, चप्पल र ब्याग बनाउने तालीम सञ्चालन

708 

shares
nicasia bank

काठमाडौं । युवा सिर्जनशील समाज नेपालले कामनापा २९ मा मखमली जुत्ता, चप्पल र ब्याग बनाउने तालीम कार्यक्रम सञ्चालन गरेको छ । तालीम कार्यक्रम आज जेठ १० गतेबाट सुरु भएको समाजकी अध्यक्ष शारदाता लामाले एक कार्यक्रमको आयोजना गरी बताएकी हुन् । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले गरेकी थिइन् ।

नेतृ सिंहले यस तालीमबाट प्राप्त सीपलाई उद्यममा, उद्यमलाई उत्पादनमा र उत्पादनलाई बजारसँग जोड्न सकिए मात्र आर्थिक उपार्जन भई आत्मनिर्भर हुने बताइन् । नेतृ सिंहले युवा सिर्जनशील समाजबाट सीप हासिल गर्ने दिदीबहिनीहरुले आफूले प्राप्त गरेको सीपलाई उत्पादनसँग जोड्नुपर्ने र त्यसबाट उत्पादन भएका सामग्रीलाई बजारसँग पहुँच पु¥यान कोसेली घरको व्यवस्था हुनुपर्ने भन्दै त्यसको लागि कामनपा वडा नम्बर २९ सँग सहजीकरण गर्न आग्रह गरिन् ।

कार्यक्रममा नेतृ सिंहले तत्कालीन अवस्थामा आफू काठमाडौं महानगर पालिकाको मेयरको उम्मेदवार भइरहँदा यस महानगरभित्रका महिला दिदीबहिनीहरुलाई सीपमुलक तालीमको व्यवस्था गर्ने र त्यसबाट उत्पादन भएका सामग्रीको विक्रीवितरणका लागि प्रत्येक वडामा कोसेली घरको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको समेत स्मरण गरिन् । कार्यक्रमकी अध्यक्ष शारदा लामाले समाजद्वारा सीप आर्जन गर्ने दिदीबहिनीलाई आफूले सिकेको सीपलाई उद्यमसँग जोड्न र आत्मनिर्भर बन्न आग्रह गरिन् ।

तालीम कार्यक्रमकी प्र्रक्षिक बिरुमाया राई रहेकी छिन् । त्यसैगरी नेविसंघकी पूर्व सहमहामन्त्री कमला न्यौपानेले युवा सिर्जना समाजबाट सीप सिकेका दिदीबहिनीहरुले उत्पादन गरेको सामग्रीहरु आफू अमेरिका जाँदा कोसेली स्वरुप लगिदिँदा त्यहाँ बस्ने नेपालीहरुले अत्यन्तै मन पराएको स्मरण गर्दै उत्पादित सामानलाई स्वदेशमा मात्रै नभएर विदेशमासम्म पु-याउन सकिने बताइन् । कामनपा वडा नम्बर २९ का वडा सदस्य अनिल श्रेष्ठले सीप सिकेका दिदीबहिनीहरुले उद्यमी बन्नुपर्ने र त्यसबाट उत्पादित सामग्रीलाई बजारको पहुँचमा पु¥याउन सबैको सहयोग आवश्यक रहेको बताए ।

सञ्चारकर्मी कालिका महतले सीपमुलक तालीमले मानिसलाई स्वरोजगारमुलक, उद्योमी र आत्मनिर्भर बन्न टेवा पुग्ने भन्दै सीपलाई उत्पादनसँग जोड्न आग्रह गरे । अर्का अतिथि सम्झना भट्टराईले सीप सिक्दा कति सिक्ने, के सिक्ने, हहिले सिक्ने र केका लागि सिक्ने इच्छाशक्ति हुनुपर्ने बताउँदै समाजको कारण धेरै दिदीबहिनीहरु आत्मनिर्भर भएको बताइन् । कार्यक्रममा जनप्रतिनिधि रेणु श्रेष्ठ, नेविसंघका केन्द्रीय सदस्य भानुभक्त जोशीलगायतको उपस्थिति रहेको थियो । तालीम कार्यक्रम वडा नम्बर २९ घट्टेकुलोस्थित सामुदायिक भवनमा सञ्चालन गरिएको छ ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...