back
prabhu bank
sanima relaince life

रम्भा गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकका लागि ‘च्यावनप्राश’को उत्पादन

402 

shares
prabhu bank
sanima relaince life

रुपन्देही । पाल्पाको रम्भा गाउँपालिकाले गाउँमै पाइने जडीबुटीबाट च्यावनप्राश उत्पादन गरेको छ । नागरिक आरोग्य सेवा केन्द्र र रम्भा गाउँपालिकाले विभिन्न खालका जडीबुटीबाट पौष्टिक आहार ‘च्यावनप्राश’ उत्पादन गरेको हो ।

पौष्टिक आहारका रूपमा प्रयोग हुने च्यावनप्राश गाउँमै पाइएका विभिन्न खालका जडीबुटीबाट तयार गदै पालिकाभरिका ज्येष्ठ नागरिकलाई पौष्टिक आहारको रूपमा वितरण गर्ने गरी च्यावनप्राश उत्पादन गरिएको नागरिक आरोग्य सेवा केन्द्रले जनाएको छ ।

रम्भा गाउँपालिकाले उत्पादन गरेको च्यावनप्राश आयुर्वेदको चरक समीताको रसायन ग्रन्थमा टेकेर तयार गरिएको जनाएको छ ।

गाउमै उत्पादन भएको च्यावनप्राशको उपयोगले ज्येष्ठ नागरिकमा भएका बाथ रोग, श्वासप्रश्वास, टाउको दुखाई र चिसो लाग्ने समस्या समाधान गर्न सहयोग पुग्ने आयुर्वेदका चिकित्सकले जनाएको छ । पालिकाले उत्पादन गरेको च्यावनप्राश हाल पालिकाभित्रका ज्येष्ठ नागरिकलाई वितरण गरिएको छ ।

पालिकाभित्रका ७० वर्षभन्दा माथिका एक हजार २८२ ज्येष्ठ नागरिकलाई च्यावनप्राश वितरण गर्ने योजना रहेको पालिकाले जनाएको छ ।


सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले...

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र...

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमा लेखको...

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई...

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच एनपिएस–एनसिएस तथा...

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकको वित्तीय आवाश्यकतालाई थप...