back
sanima relaince life

नेकपा एस निकट सरकारी कर्मचारी सङ्गठनको अधिवेशन फागुन २६ र २७ गते काठमाडौँमा हुने

486 

shares
sanima relaince life

काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनले प्रथम राष्ट्रिय अधिवेशनको मिति घोषणा गरेको छ । उक्त सङ्गठनका अनुसार महाधिवेशन आगामी फागुन २६ र २७ गते काठमाडौँमा हुने छ ।

निजामती कर्मचारीको सेवा, सुविधाका साथै हकहित अधिकारको संरक्षणका क्षेत्रमा क्रियाशील उक्त सङ्गठनले अधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन गर्नेछ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने उक्त अधिवेशनमा कर्मचारी ट्रेड युनियन क्षेत्रमा देखिएका चुनौती तथा समस्या समाधानका विषयमा अन्तर्राष्ट्रिय तहमा भइरहेका अभ्यासबारे छलफल हुने सङ्गठनका संयोजक मोहन घिमिरेले जानकारी दिए ।

विगत छ वर्षदेखि ऐनको अभावमा कर्मचारीको समायोजन, स्तरोन्नति, पदपूर्ति हुन नसकेकाले अविलम्ब निजामती सेवा ऐन ल्याउन माग गर्दै आएको सङ्गठनले अस्थायी सेवा करारमा कार्यरत कर्मचारीलगायत अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराई महङ्गी भत्ता उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।

ऐन नहुँदा सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीबीच देखिएको अन्योलताका कारण आधिकारिक ट्रेड युनियनको निर्वाचन हुन सकेको छैन । कुन तहका कर्मचारीलाई मतदातादाका रुपमा पहिचान गर्ने तथा नेतृत्वका लागि छनोट गर्ने भन्ने समस्या छ ।

सङ्गठनको हालै सम्पन्न बैठकले प्रदेशअन्तर्गतका अन्तर स्थानीय तहमा कर्मचारीको सरुवा गर्दा निश्चित मापदण्डको व्यवस्था गर्नुपर्ने, महिला कर्मचारीलाई गर्भधारणको अवस्थामा एक वर्ष तलबी बिदा दिनुपर्ने माग गरेको छ ।

सङ्गठनले नागरिकता, राहदानी, यातायात र राष्ट्रिय परिचयपत्र प्राप्तिमा देखिएको अत्यधिक मागलाई व्यवस्थापन तथा सेवाग्राहीलाई पहुँचयोग्य बनाउनुपर्ने, अस्थायी, ज्यालादारी कर्मचारीलाई प्रक्रिया पु¥याएर व्यवस्थापन गर्नुपर्नेलगायत माग अघि सारेको महासचिव शरणकुमार गुरुङले जानकारी दिए ।

 


एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई थप सेवा...

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं । आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु...

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को...

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

काठमाडौं । आज (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल...

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको...