back
himalayan bank

पशुपतिमा असार १ देखि चारै ढोका खुला गरिने

72 

shares
nicasia bank

काठमाडौं । धार्मिक एवं परम्परागत पूजा एवं अनुष्ठान विधिलाई कायम राखेर आगामी असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने भएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले धार्मिक पक्षलाई विधिवत् अघि बढाउँदै दर्शनार्थीको सुविधाका लागि पूर्व, पश्चिम, उत्तर र दक्षिणका मूलढोका खुला गर्ने निर्णय गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं परिषद्का अध्यक्ष हितबहादुर तामाङले पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ४ देखि ८ बजेसम्म खोल्ने निर्णय भएको बताएका हुन् । भक्तजनको बढोत्तरी भएका कारण दर्शन र पूजापाठ सहज, सुरक्षित र व्यवस्थित गर्न यो निर्णय गरिएको उनले जनाए ।

मन्त्री तामाङले दक्षिण एसिया र विश्वका विभिन्न देशबाट आउने हिन्दु धर्मावलम्बीलाई पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्न सहजता प्रदान गर्ने योजनाका साथ परम्परालाई कायम राखेर व्यवस्थापकीय पक्षमा नवीनतम् कार्यक्रम ल्याइएको दाबी गरे ।

“धार्मिक पर्यटकलाई बढीभन्दा बढी भित्र्याउन धेरै कुरा व्यवस्थित गर्नुपर्नेछ । अहिले दर्शन गर्ने वातावरण सहज बनाउनुपर्ने देखियो । त्यसैले मन्दिरमा आउने हरेक भक्तजनले सहजै दर्शन गर्न पाउने व्यवस्था मिलाएका हौँ,” उनले भने ।

कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले प्रत्येक दर्शनार्थीलाई व्यवस्थित रूपबाट पशुपतिनाथको दर्शन गर्न सक्ने व्यवस्था मिलाउने मन्दिर तथा पूजा व्यवस्था नियमावलीअनुसार यो निर्णय गरिएको बताए । उनका अनुसार अहिलेसम्म पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गरिन्छ ।

“दर्शनार्थीको संख्या वृद्धि भएपछि सजिलो गरी दर्शन गर्न असुविधा भइरहेको गुनासो आयो । त्यसैले परम्परागत धार्मिक पक्षलाई कायम राखेर दर्शनार्थीको सुविधालाई दृष्टिगत गरी चारवटै ढोका खुला गरिएको हो, हामीले व्यवस्थापकीय पक्षलाई नियमावलीअनुसारै व्यवस्थित गरेका हौँ,” उनले भने।

डा. थापाले पशुपतिनाथ मन्दिरभित्र र बाहिर पाउने चन्दनमा पनि एकरुपता ल्याइने बताएका छन् । साथै हरेक दर्शनार्थीलाई पशुपतिनाथ मन्दिरको अभिषेक गरिएको जल पनि निःशुल्क दिने व्यवस्था मिलाइएको छ । महाशिवरात्रि पर्वका अवसर, साउने सोमबारसहित विशेष पर्वमा मात्रै चारै ढोका खुला गरिन्छ ।

गुरूयोजना तयार

संस्कृतिमन्त्री तामाङले धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ पशुपतिनाथ मन्दिरको गुरूयोजना तयार गरिएको बताए । उनले गुरूयोजना अध्ययन गर्दै क्रमशः कार्यान्वयन गर्दै जाने उल्लेख गरे । “कतिपय काम विगतको निर्णयका आधारमा कार्यक्रमिक रूपमा अघि बढाउनुपर्ने हुन्छ । कतिपय काममा नीतिगत पक्षमा सुधारमार्फत अघि बढाउनुपर्नेछ । क्रमशः काम अघि बढाउँदै छौँ,” उनले भने ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...