back
adikar sampana bagmati
fikal gaupalika

राजश्व रकम हिनामिनासम्बन्धी मोहन्याल गाउँपालिका अध्यक्षसहित १५ जनाले पाए सफाइ

54 

shares

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर)सहित १५ जनालाई विशेष अदालतले सफाइ दिएको छ । उनीहरुले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दामा सफाइ पाएका हुन् ।

अदालतले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दाका मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायसहित १५ जना प्रतिवादीलाई न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र डा। खुशीप्रसाद थारुको संयुक्त सफाइ दिएको हो ।

अदालतमा मुद्दा परेपछि वर्तमान अध्यक्ष उपाध्यायले काम गर्न पाएका थिएनन् । अध्यक्ष उपाध्यायलाई मुद्दा लागेपछि गाउँपालिका कार्यबाहक अध्यक्षले चलाउँदै आएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष स्व। नवलसिंह रावलसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तत्कालीन गाउँपालिका उपाध्यक्ष पूजादेवी बुढामगर, सबै वडाका अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीसमेतलाई विपक्षी बनाइ बनाइएको थियो । अहिलेका अध्यक्ष उपाध्याय त्यतिबेला वडा नम्बर २ का अध्यक्ष थिए ।

उक्त मुद्दामा सफाइ पाउनेहरु वडा नम्बर ३ का अध्यक्ष नन्दबहादुर गिरी पनि हुन्, उनी फेरि वडाध्यक्षमा विजयी भएका थिए । उनलाई मुद्दा लागेकाले कामकाजबाट बञ्चित थिए । उक्तमा मुद्दामा सफाइ पाउने जनप्रतिनिधिहरु फेरि आफ्नो कामकाजमा र्फकन पाउने भएका छन् ।
गाउँपालिका पदाधिकारी र व्यवसायी कम्पनी ‘न्यू बडिमालिका’ निर्माण सेवाको मिलेमतोमा नदीजन्य सामग्रीको उत्खनन र बिक्री वितरणमा भ्रष्टाचार भएको अख्तियारको आरोप थियो ।


प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मध्यप्रदेशको उज्जैन...

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय...

काठमाडौं महानगरले भन्यो- उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नू

काठमाडौं महानगरले भन्यो- उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने लामो, मध्यम...

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत...

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड

नयाँदिल्ली । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

नयाँदिल्ली । भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री...